रंगेली । माेरङकाे रंगेली नगरपालिका वडा न -५ स्थित आमगाछीमा स्थापना भएको नव किसान युवा क्लबद्वारा छठ पर्वकाे अवसरमा जेष्ठ नागरिक तथा ब्रतालुहरुलाई छठ घाटामा नै गएर समान गरेको छ।
आयोजकले बिहीबार एक कार्यक्रमकाे आयाेजना गरि उनीहरुलाई सम्मान गरेको हाे । कार्यक्रममा नव युवा क्लव का अध्यक्ष पारस मण्डल तथा पदाधिकारीहरुकाे उपस्थितिमा उक्त सम्मान कार्यक्रम राखिएको हाे ।
कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरुको समेत उपस्थितिमा जेष्ठ नागरिकहरुलाई सम्मानित गरिएकाे थियो । जेष्ठ नागरिक माअनुप लाल मण्डल , बिनोद प्रासाद मण्डल, चन्द्र नारायण मण्डल , जगदीश प्रासाद मण्डल तथा सूर्य नारायण मण्डललाई दाेसल्लाह र माला लगाएर सम्मानित गरेकाे आयोजक समितिका अध्यक्ष पारस मण्डलले हिपमत डटकमलाई बताए ।
आगामी दिनहरुमा यस्तो प्रोत्साहानको कार्यक्रमहरु निरन्तर गरिरहने तथा युवाहरुको हक हित र किसानहरुको हक हितकोलागि पनि यस युवा क्लबले आफ्नो आगामी योजना बनाएर काम गर्ने अध्यक्ष मण्डलले बताए।