चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको जग्गा विवाद फेरि सतहमा आएको छ। ध्रुमस सुन्तली फाउण्डेसनले बनाइरहेको क्रिकेट मैदानको जग्गा पशु अनुसन्धान केन्द्रको अनुमति बिनै गैरकानुनीरुपमा लिइएको उपभोक्तावादी अभियन्ता तारा बरालले दाबी गरेकी छन्।

सूत्र टिभीको बहसमुलक कार्यक्रम ‘सूत्र बहस’ मा कुराकानी गर्दै बरालले राजनीतिक र ब्यापारिक दबावमा अनुसन्धान केन्द्रको जग्गा हडपेको आरोप लगाइन्। सूत्रसँग बरालले भनिन्, ‘नेपालको एक मात्रै पशु अनुसन्धानशाला छ। त्यसको जग्गा हडपिएको छ। म शसप्रतिशत दावाका साथ भन्न सक्छु। त्यो गैरकानुनी हो। विश्वविद्यालयका पदाधिकारीसँग कुनै सल्लाह नै नगरी मेयरले हाम्रो सत्ता छ भनेर जग्गा दिइन्।’

ऐन विपरित अनुसन्धान केन्द्रको जग्गा रंगशाला निर्माणका लागि दिइएको समेत उनले दाबी गरिन्। ‘जग्गा महानगरपालिकाकी मेयर रेणु दाहाल र क्याबिनेटबाट पास गरेर दिएको भनेर धु्रमुसले जवाफ दिएका छन्। तर त्यो हो भने ऐन विपरित हुन्छ। क्याबिनेटले जग्गा दिन पाइदैन। विश्वविद्यालयको सिनेट हुन्छ। उसले सतप्रतिशत पास गरेर मात्रै जग्गा दिन पाउँछ। विश्वविद्यालय एउटा स्वायत्त संस्था हो।’ उनले भनिन्।

राजनीतिक र ब्यापारिक प्रलोभनका कारण केन्द्रको जग्गा दिइएको उनले आरोप लगाइन्। राजनीतिक दबाव र धम्कीकै कारण विश्वविद्यालयका कर्मचारी समेत यस विषयमा बोल्न डराउने गरेको उनले खुलासा गरिन्।
‘विश्वविद्यालयका कर्मचारीलाई जागिर नै खाइदिने धम्की दिन्छन्। जसका कारण उनीहरु बेल्न डराउँछन्। मलाई बोलिदिन पर्यो भने फोन पनि आयो। अन्य निजी कलेजको फाइदाका लागि। पशुका लागि लगाइएको घास मैदानमा डोजर चलाइयो। पशुले घास खान नपाएपछि कसरी बाच्छन?’ उनले भनिन्।

सुरुआतमा विरोध गर्नुको सट्टा करोडौ. खर्च भैसकेपछि अहिले किन विरोध भन्ने सूत्रको प्रश्नमा आफूले भरखरै थाहा पाएकोले विरोध जनाएको उनले जवाफ दिइन्। ‘सु्रुमा थाहा भएन। मैले जुन दिन थाहा पाएँ त्यही दिन विरोध गरे।’ अब अन्तिमसम्म लढ्छु। उनको जवाफ थियो।

‘प्रचण्ड र रेणुसँगै धु्रमुस पनि हिरो बन्न खाजेको उनले आरोप लगाइन्। प्रचण्ड र रेणु दाहालले नाम कमाउन यसो गरे। राजनीतिक रुपमा चितवन चुनियो। देशकै सबैभन्दा ठूलो सम्पत्ति मासियो। चितवनकै मेघौलीमा जग्गा दिइएको रहेछ। उनीहरुले त्यहा किन बनाएनन्? कानुन मिचेर हिरो बन्न पाइदैन।’ उनले अगाडि भनिन्।

कृषि अनुसन्धान केन्द्रको जग्गा मासिनुमा सबैभन्दा बढी दोष मेयरको र त्यसपछि धु्रमुसको रहेको उनले बताइन्। धु्रमुस पहिलेदेखिनै एमालेका कार्यकर्ता भएको आरोप लगाउँदै बरालले यसकाविरुद्ध एक्लै पनि लढ्ने जिकिर गरिन्।

‘जग्गाका विषयमा सर्वोच्चमा पनि मुदा विचाराधिन छ। मैले अख्तियारमा पनि उजुरी हासिकेकी छु। योे जग्गाको लागि म एक्लै भए पनि अन्तिमसम्म लढ्न तयार छु।’

अहिले पनि केही नबिग्रेकाले रंगशाला निर्माणको कामलाई रोकेर जग्गा फिर्ता गर्न चेतावनी दिदैं त्यसो नगरिए भोलिका दिनमा रंगशालामा डोजर चल्ने चेतावनी बरालले दिइन्। ‘ त्यहाँ रंगशाला बनिहाल्यो भने पनि भोलिको दिनमा डोजर चल्छ।’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!