रामनारायण
सिरहा । सिरहाको भगवानपुर गाउँपालिका वडा नं.३ मा राष्ट्रसेवक कर्मचारीहरूद्वारा स्थापित श्री डाँकिनी माता बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ ।
आइतबार संस्थाको प्रारम्भिक साधारण सभा सम्पन्न भएको संस्थाका सकृय सदस्य श्रवण कुमार महतोले जानकारी दिए । उनका अनुसार संस्थाले विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आएका छन् ।
संस्थाले शेयर सदस्यहरुलाई समय–समयमा तालिका बनाइ विभिन्न सिप मुलक तालिम तथा अन्तरक्रिया लगायतका कार्यहरु गर्दै आएको महतोले बताए ।
श्री डाँकिनी माता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बलभद्र यादवको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख अतिथि भगवानपुर गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद यादब रहेको थियो ।
कार्यक्रममा पुर्व मन्त्री राजलाल यादव, दिलिप कुमार यादव, वडा अध्यक्ष हरीनारायण यावद, अरूण कुमार यादव लगायत, बुद्धिजिवी, समाजसेवी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।