हिपमत डटकम

आइतबार, कार्तिक २१, २०७८ || 535  पटक पढिएको

विराटनगर । प्रदेश १ को झापा, मोरङ र उदयपुरमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । शनिबार राति भएको सो दुर्घटनामा ७ को मृत्यु र ७ जना घाइते भएका हुन् ।

मोरङको केराबारी गाऊपालिका ९ बेलचौरीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको बा.१० च.४३०० नम्बरको स्कारपियो एक आपसमा ठक्कर खाई दुर्घट्ना भएको थियो ।

मोटरसाईकलमा सबार तिन जना मध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लेटाङ नगरपालिका २ का ३० बर्षीय कमल कार्की, सोही स्थानका ४५ वर्षीय सिता कार्की र पथरीशनिश्चरे नगरपालिकाका ५५ बर्षीय तिलक बहादुर सुबेदी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कमल काकी र तिलक बहादुर सुबेदीको घटना स्थलमै मृत्यु भएको थियो भने सिता कार्कीको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र गाडी चालक लेटाङ नगरपालिका २ का ४७ बर्षीय पुष्प बहादुर मगर ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ ।

त्यसैगरी शनिबारै बेलुका मोरङ रंगेली नगरपालिका ६ टकुवा–पिपल चौक भित्री सडक खण्डमा साईकल यात्री मोरङ सुनवर्षी नगरपालिका ६ पटियापाडा का ३० बर्षीय सत्रुघन साहको मृत्यु भएको हो ।

साहले चलाइ रहेको साईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा उनी घाइते भएको थिए । घाईते साहलाई उपचारको लागी रंगेली अस्पताल लैजाने क्रममा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही दिन उदयपुरको त्रियुगा नगरपालिका ११ मेन चोक स्थित अटो र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । स १ ह १६२० नम्बरको अटो र को १९ प ९६४६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा त्रियुगा नगरपालिका ११ का ८५ बर्षीय कुल प्रसाद भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । भण्डारीको न्यूरो अस्पतल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सो दुर्घटनामा मोटरसाईकल चालक सप्तरी कंचनपुर नगरपालिका १२ का ५२ बर्षीय कमल प्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका ७ का ४२ बर्षीय नर बहादुर कार्की सामान्य घाईते भएका छन् । उनिहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यस्तै झापाको बिर्तामोड नगरपालिका ६ गिरीबन्दु टि स्टेट अगाडि पुर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको रातो रंगको २२० सिसि पल्सर मोटरसाईकल र बिपरित दिशा तर्फ जादै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटीमा सवार मनिस कार्कीको बि एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटी चालक मेची नगरपालिका १० का ४२ बर्षीय डिल्ली कार्की, पछाडी सवार उनका १६ बर्षीय छोरा मनिस कार्की र मोटरसाईकल पछाडी सवार झापा हल्दिबारी गाऊपालिका २ का २१ बर्षीय पिजेश लामा घाईते भएका थिए ।

दुर्घटना भएको अर्को मोटरसाईकल चालक झापा हल्दिबारी गाऊपालिका २ का २५ बर्षीय उमेश लामा मोटरसाईकल सहित फरार रहेकाले उनको खोज तलास भईरहेको प्रहरीले जनाएको छ ।

शनिबार राती साढे ११ बजे झापा मेचिनगर नगरपालिका १३ तेलिबारी स्थित पुर्व–पश्चिम राजमार्गमा पुर्व तर्फ जादै गरेको प्रदेश–१–०४–०१४प.३३४५ नम्बरको मोटरसाईकल र सोही दिशा तर्फ जादै गरेको प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा मेचिनगर नगरपालिका ८ का १८ बर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाईते हुनेहरुमा ३३४५ नम्बरको मोटरसाईकल चालक झापा मेचिनगर नगरपालिका ८ का २१बर्षीय अनिष गिरी, ३९९५ नम्बरको मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ बर्षीय निकेश शिवकोटी र पछाडी सवार झापा मेचीनगर नगरपालिका ८ का २१ बर्षीय प्रबिण मेचे रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!