विराटनगर । गीता मन्दिर हाटखोला विराटनगर – ८ ले अन्नकूट उत्सव २०७८ तथा नवौं साधारण सभाको अवसर पारी दुई जना विशिष्ठ व्यक्तित्वलाई सम्मान गरेको छ । शुक्रबार मन्दिर परिसरमा आयोजना गरिएको सो उत्सवमा गणेशविलाश लोहानी र इंजीनिरियर कृष्णहरि पोखरेललाई सम्मान गरिएको हो ।

मन्दिरको लागि अमूल्य योगदान पुर्याउनु भएकोले उहाँहरुलाई सम्मान गरिएको गीता मन्दिर भवन निर्माण समितिका संयोजक बेनीगोपाल मून्दड़ाले बताउनु भयो । उहाँका अनुसार आर्किटेक्ट इंजीनियर कृष्णहरि पोखरेलले गीता मन्दिर सामुदायिक भवनको नक्सा लगायत आर्किटेक्ट सम्बन्धी कार्य र सोको निरिक्षणमा समेत सेवा तथा सहयोग निशुल्क प्रदान गरी मन्दिर तथा समाजका लागि अमूल्य योगदान पुर्याउनु भएको छ ।

त्यस्तै समाजसेवी गणेशविलाश लोहनीले मन्दिर परिसरमा जीवन उपयोगी विभिन्न जातका वृक्षरोपन तथा हेरचाह गरी सो विरुवाहरु हुर्काउनु भएको छ । उहाँले मन्दिर परिसरमा स्वच्छ वातावारणको लागी जीवन उपयोगी विरुवाहरु हुर्काई पर्यावरणको क्षेत्रमा समेत योगदन पुर्याउनु भएको मन्दिर अध्यक्ष श्रवण अग्रवालले बताउनु भयो ।

गीता मन्दिरका अध्यक्ष श्रवण अग्रवालको अध्यक्षतामा भएको नवौं साधारण सभा तथा अन्नकूट महोत्सव २०७८ मा मन्दिर समितिका पदाधिकारी, सदस्य, सल्लाहकार, तथा पुजारी लगायत समाजका महिला तथा सज्जनवृद्हरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।

गीता मन्दिरमा प्रत्येक वर्ष मनाइने अन्नकूट उत्सव सत्यनारायण राजकुमार टिवड़ेवाल परिवारको सौजन्यमा हुँदै आएको मन्दिर परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!