हिपमत डटकम

आइतबार, कार्तिक २१, २०७८ || 467  पटक पढिएको

दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा इंग्ल्याण्डलाई १० रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा १ सय ८९ रन बनायो । रेसी भान डेर डुसेनले सर्वाधिक ९४ रन बनाए भने एडेन मार्करमले नट आउट रहँदै ५२ रन बनाए । जीतका लागि १ सय ९० पछ्याएको इंग्ल्याण्डले ८ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो ।

 

अन्तिम ओभरमा इंग्ल्याण्डलाई जीतका लागि १४ रन आवश्यक थियो । तर कागिसो राबाडाले इंग्ल्याण्डलाई रोक्न सफल रहे । पहिलो बलमा क्रिस वोक्स, दोस्रो बलमा इयोन मोर्गन र तेस्रो बला क्रिस जोर्डनलाई आउट गर्दै उनले ह्याट्रिक पुरा गरे । अन्तिम ३ बलमा उनले मात्र तीन रन खर्चिए । योसँगै उनी दक्षिण अफ्रिकाका लागि टी-२० विश्वकपमा ह्याट्रिक लिने पहिलो बलर पनि बने ।

जीतका बावजुद दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ । सेमिफाइनलमा स्थान बनाउन टोलीले इंग्ल्याण्डलाई १५.२ ओभरमा १ सय ३१ रनको स्कोरमा सिमित गर्नुपर्ने थियो । तर टोली यसमा असफल रहयो । समूह १ बाट इंग्ल्याण्डसहित अस्ट्रेलिया सेमिफाइनलमा पुगेको छ । अस्ट्रेलिया सन् २०१२ पछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!