जुगेश दास

शुक्रबार, कार्तिक १९, २०७८ || 1085  पटक पढिएको

देवानगंजमा लोक सेवा पुस्तकालय स्थापना

सुनसरी जिल्लाकाे देवानगंज गाउँपालिका वडा नं -3 कप्तानगंज स्थित श्री कृष्ण माध्यमिक विद्यालयमा लोक सेवा पुस्तकालय स्थापना हुने भएको छ ।

देवानगंज गाउँपालिकाका स्थानीय वासी रामप्रसादराई गाउँपालिका भोजपुरको प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले उक्त पुस्तकालय स्थापना गर्न लागेका हुन । उनी श्री कृष्ण माध्यमिक विद्यालयका पूर्व विद्यार्थी पनि हुन ।

देवानगंज गाउँपालिकाको अध्यक्ष लालीप्रसाद मेहता, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा डा रामशरण मेहता,श्रीकृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री उमेशप्रसाद मेहता र संस्थापक बाबुनन्दन मेहताले आज एक समारोहका वीच उक्त पुष्तकालय स्थपना गर्ने घोषणा गरिएको हो । उक्त पुस्तकालयमा सरकारी सेवामा प्रवेश गर्न आवश्यक पर्ने विभिन्न प्रतियोगितात्मक परीक्षासंग सम्वन्धीत पुस्तकहरू पुस्तकालयमा उपलव्ध हुने संस्थापक बाबुनन्दन मेहताले जानकारी गराउनु भयो ।

नाशा इन्भेष्टमेण्ट प्राली विराटनगरले तिहार छठ पर्वको अवसरमा आयोजना गरेको युवाहरुलाई व्यावसायिक वनाई समृद्धि ल्याउने मोटिभेसनल कार्यक्रम मार्फत उक्त पुस्तकालय संचालन हुने घोषणा गरिएको थियो । उक्त कार्यक्रममा देवानगंज गाउँपालिका क्षेत्रभित्रका विद्यालयका पूर्व प्रधानाध्यापक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी सहित देवानगंज गाउँपालिका स्थायी ठेगाना भइ सरकारी, गैर सरकारी, निजी लगायत विभिन्न क्षेत्रमा ख्याती कमाएका युवाहरु, वुद्धिजिवी, स्थानीय राजनीतिक दलका प्रमुख एवम प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

लोक सेवा पुस्तकालयले यस गाउँपालिका क्षेत्रभित्रका विद्यार्थी तथा युवाहरुलाई राष्ट्र सेवा गर्ने अवसर उपलव्ध गराउन महत्वपूर्ण भुमिका खेल्ने व्यहोरा श्री माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक रामेश्वर मेहताले वताउनु भयो ।

युवाहरू आफ्नो खुट्टा उभिएर एक सक्षम व्यक्ति निर्माण गर्न पुस्तकालयले योगदान पुर्याउने र उक्त पुस्तकालयमा आफ्नो कृतिहरू निशुल्क उपलव्ध गराउने जानकारी वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा डा रामशरण मेहताले गराउनु भयो ।

गाउँपालिका उक्त पुस्तकालय संचालनका आवश्यक सहयोग र समन्वय गर्ने भन्दै गाउँपालिका अध्यक्ष श्री लालीप्रसाद मेहताले उक्त कार्यको मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।

यस्ता प्रकृतिको साकारात्मक र उर्जाशील कार्यले समग्र गाउँपालिकाको भविष्य निर्माण गरी समृद्धि हासिल गर्ने कार्यमा पुस्तकालयले टेवा पुर्याउने व्यहोरा नाशा इन्भेष्टमेण्ट प्राली विराटनगरका प्रमुख कार्यकारी अधिकृत श्री अरविन्द मेहताले वताउनु भयो ।

उक्त पुष्तकालय मिति 2078/08/01 गतेदेखि संचालनमा आउने भएको छ । पुस्तकालयको संरक्षकको रूपमा श्री कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री उमेशप्रसाद मेहता रहनु भएको छ भने गाउँपालिका क्षेत्रभित्रका माध्यमिक विद्यालयवाट एक एक जना सदस्य रहने गरी पुष्तकालय संचालन समितिको प्रस्ताव गरिएको छ । जसमा श्री कृष्ण माध्यमिक विद्यालयवाट शिक्षक श्री गणेशप्रसाद मेहताको संयोजकत्वमा श्री माध्यमिक विद्यालय देवानगंजका शिक्षक श्री अनिलकुमार मेहता, श्री माध्यमिक विद्यालय पाॅचोसिमरका शिक्षक श्री सन्तकुमार मेहता, अमरसिंह माध्यमिक विद्यालयका शिक्षक श्री शालिग्राम साह, जनता माध्यमिक विद्यालयका शिक्षक श्री फागो मेहताको नाम प्रस्ताव गरिएको छ । श्री कृष्ण माध्यमिक विद्यालयले उक्त समितिलाई मुर्त रूप दिइ पुष्तकालय संचालनमा समन्वय र व्यवस्थापन गर्ने संस्थापक वावुनन्दन मेहताले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!