आइतबार, फाल्गुण ०४, २०७६ || 841  पटक पढिएको

मादक पदार्थ सेवनका कारण उत्पन्न विकृति लामो समयदेखि समाजमा चिन्ताको विषय रहँदै आएको छ । अनियन्त्रित मदिरा सेवन र किनबेचले यहाँका प्रशासनिक तथा सुरक्षा निकायको समेत टाउको दुखाउने गरेको छ ।

मदिरा नियन्त्रण यहाँको मुख्य चुनौती रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् । घरेलु मदिरा प्रतिबन्ध गर्ने अभियान सबै स्थानीय सरकारले चलाएको छ । गुणस्तरहीन मदिरामा अन्तःशुल्कको टिकटसमेत टाँसिएको हुँदैन । यस्ता मदिराले एकातिर सर्वसाधारणको स्वास्थ्यमा क्षति पु¥याइरहेको छ भने अर्कोतिर आर्थिक तथा सामाजिक अपराध बढाउन सहयोग गरेको स्थानीय बताउँछन् । गाउँ र बजारका मदिरा पसलहरूमा प्रतिबन्धित मदिरासमेत निर्वाध खरिद बिक्री भइरहेको गुनासो सुनिन्छ ।

महिला र बालबालिका पीडित
मदिरा सेवनबाट सिर्जित घरेलु हिंसा तथा अपराधमा बढीजसो महिला र बालबालिका प्रभावित भएका छन् । निर्वाचित जनप्रतिनिधि आएपछि घरेलु मदिरा नियन्त्रणका सकारात्मक प्रयासहरू भएका छन् तर सडकसँगै गाउँगाउँमा बजारु मदिरा पनि पुगेको छ ।

मुख्य गरी यस्ता मदिरा उपभोग गर्ने यहाँका पुरुषहरू हुन्छन् । परिवारका पुरुषले मदिरा खाए घरमा झगडा हुँदा महिला र बालबालिका सबैभन्दा प्रभावित हुने गरेको गैरसरकारी संस्था महासङ्घ बैतडीका अध्यक्ष गोविन्दराज जोशीले बताएका छन् । बाजुरा बुढीगङ्गा नगरपालिकाकी सीमा ९नाम परिवर्तन० को १५ वर्षको उमेरमै विवाह भयो । अहिले एक स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सीमा आफू बाध्यताले बालविवाह गरेको बताए ।

‘‘घरमा बुवा रक्सी खाएर सधैँ आमालाई कुटपिट गर्ने र सबैलाई गाली गर्ने भएकाले घर बस्नै मन लागेन अनि बिहे गरेँ,’’ उनको भनाइ छ । यो सुनाइरहँदा उनको आखामा आँसु छचल्कियो । श्रीमान् मजदुरी गर्न भारत गएकाले सासूको हेरविचार गरी सीमा गाउँमै बसे । बीस वर्ष नपुगी विवाह गर्न हुँदैन भन्ने थाहा हुँदाहुँदै जड्याहा बुवाको अत्याचारबाट मुक्त हुन आफूले राजीखुसीले विवाह गरेको उनको भनाइ छ  ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!