रबिन्द्र बराल

बुधबार, कार्तिक १७, २०७८ || 725  पटक पढिएको

रंगेली । मोरङको रंगेली नगरपालिका वडा नम्बर ८ मा सबारी दुर्घटना हुदाँ एकको मृत्युु भएको छ । रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत दर्वेशा चौक नजिक सो दुर्घटना भएको हो ।

कानेपोखरी बाट रंगेली आउने क्रममा मे १ ख २२९१ नम्बर को ट्रकको ठक्करबाट सोही स्थान बस्ने वर्ष २८ को शनि राजवंशीको मृत्यु भएको हो । तिव्र गतीमा आईरहेको ट्रकले ठक्कर दिंदा घटना स्थलमै उनको मृत्युु भएको स्थानीयले बताए ।

त्यसैगरी धनपालथान गाउँ पालिका ३ मोरीयापुल स्थित सबारी दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको हो । रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत सो दुर्घटना भएको थियो ।

पश्चिम बाट पुर्व तर्फ आउदै गरेको प्रदेश नं. १–०४–००१ ख ००२२ नम्बरको बसले बिपरित दिशा बाट जादै गरेको साईकल यात्रीलाई ठक्कर दिदा एकको मृत्यु भएको र एक जना सिकिस्त घाइते भएका प्रहरी जनाएको छ ।

साइकल यात्री रंगेली नगरपालिका ३ बस्ने वर्ष ३१ को उमेश पासवान सिकिस्त घाइते भएका छन् भने साईकलको पछाडी सवार रहेकी उनकी श्रीमती वर्ष २८ कि रेखा पासवानको मृत्यु भएको हो ।

घाईते रेखा पासवानलाई उपचारको लागी रंगेली अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिकिस्त घाइते भएका उमेश पासवानको टाँउको, निधार, सहित हात–खुट्टामा चोट लागेको छ । हाल उनको उपचार विराटनगर स्थित न्यूरो अस्पतालमा भई रहेको छ ।

घाइते उमेश पासवानको अवस्था गम्भिर रहेको रंगेली प्रहरीले जनाएको छ । सबारी चालक ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!