झापा । मेचीनगर नगरपालिका-६ जेसिका ट्रयाक छेउबाट अवैध रुपमा नेपालबाट भन्सार छलि भारततर्फ लैजादै गरेको करिब २ लाख १६ हजार रुपैयाँ बराबरको ३ सय ६० किलो सुपारी मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
नेपालबाट भन्सार छलि भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त मूल्य बराबरको सुपारी फेला पारी जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।