काठमाडौं । गायिका अञ्जु गौतमको स्वरमा तिहार विशेष गीत ‘रमाइलो तिहार…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतमा बलराम समालको संगीत निर्देशन छ । गीतमा समालकै संगीत संयोजन रहेको छ । गीतका शब्दहरु विजय कट्टेल छहराले रचना गरेका हुन् ।
उक्त गीतको म्युजिक भिडियोलाई सुमन सागर जंग केसीले निर्देशन गरेका हुन् । भिडियोमा अर्जुन बिसीको कोरियोग्राफी छ ।
सुरेश राउतद्वारा कोरियोग्राफी गरिएको भिडियोमा विवेक मोक्तान, ज्योती खड्कासहितका कलाकारहरुले अभिनय गरेका छन् ।