हिपमत डटकम

बुधबार, कार्तिक १७, २०७८ || 307  पटक पढिएको

धनुषा, १७ कात्तिक । प्रदेश नं २ सरकारले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा मङ्गलबार प्रमाणीकरण गरिएको छ । प्रदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले निर्माण गरिएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रमाणीकरण गरेका थिए ।

यसअघि २०७७ २६ असोजमा पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि तत्कालीन प्रदेश प्रमुख डा राजेश झा अहिराजसमक्ष प्रस्तुत गरिँदा उहाँले केही सुझाव दिँदै विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए । झाले प्रदेशमा रहेका प्रदेश बाहिरका स्वदेशी र विदेशीलाई समेत प्रदेश पदकबाट सम्मान गर्न सक्ने व्यवस्था थप गर्न सुझाव दिएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले त्यतिबेला फिर्ता भएको सो विधेयक अहिले जस्ताको तस्तै प्रमाणीकरण भएको जानकारी दिए । उनले भने, “पहिला जुन विधेयक पारित भएको थियो, त्यही विधेयक हुबहु पारित भयो, यसमा कुनै कुरा थपघट वा परिमार्जन गरिएको छैन ।” प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको उक्त विधेयकअनुसार विभिन्न १५ विधामा पदक प्रदान गर्ने व्यवस्था गरिएको छ । प्रदेश रत्न, मुख्यमन्त्री प्रज्वल तारा, रमेश महतो पदक, प्रदेश जनसेवा पदक, प्रदेश समाज सेवा श्री, प्रदेश मेधावी पदक, प्रदेश किसान रत्न पदक, प्रदेश विद्याभूषण र प्रदेश सेवा उत्कृष्ट पदक राखिएको छ । यस्तै प्रदेश शैक्षिक उत्कृष्ट पदक, प्रदेश गौरव पदक, प्रदेश विभूति पदक, प्रदेश सुरवीर पदक, पर्यटन शिखर पदक र सामाजिक अभियन्ता पदकको समेत व्यवस्था गरिएको छ ।

आफ्नो क्षेत्रमा प्रदेशको गरिमा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा बढाएका व्यक्तिलाई प्रदेश रत्न पदक दिइनेछ । अनुकरणीय भूमिका निर्वाह गरेको व्यक्तिलाई मुख्यमन्त्री प्रज्वल तारा पदक, प्रदेशको पहिचान, उत्थानको लागि योगदान पु¥याउने व्यक्तिलाई रमेश महतो पदक दइनेछ । जनस्तरमा लोकप्रिय र प्रशंसनीय काम गर्ने जनप्रतिनिधि र समाजसेवीलाई प्रदेश जनसेवा पदक दिइनेछ । समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण, दिगो विकास, समाज सुधार, सांस्कृतिक विषयमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई प्रदेश समाज सेवा श्री पदक दिइनेछ । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!