हिपमत डटकम

मंगलबार, कार्तिक १६, २०७८ || 667  पटक पढिएको

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण टुंगो लगाउने प्राथमिकतामा रहेको बताएका छन् ।

सपथग्रहण लगत्तै संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले राम्रो गर्ने, नराम्रो नगर्ने र नाम राख्ने प्राथमिकतामा रहेको बताए । ‘राम्रो गर्ने, नराम्रो नगर्ने, नाम राख्ने, काम गर्ने प्राथमिकता हो,’ उनले भने, ‘प्रदेशले नाम पाउन सकेका छैन । त्यो हामी दिन्छौं ।’

उनले बजेटको दायरा बढाउने पनि बताए । वैदेशिक अनुदान, केन्द्र सरकारबाट अनुदान र राजस्व स्रोतको दायरा बढाएर बजेटको आकार बढाउने पनि उनले बताए । ‘सीमित बजेटलाई पनि प्राथमिकताको क्षेत्रमा विनियोजन गर्ने, भ्रष्टाचार, अनियमितता, शान्ति सुरक्षा र सुशासन कायम गर्ने प्राथमिकतामा हुनेछ,’ उनले भने, ‘सांसदहरुलाई योजना छनौटमा समावेश गर्ने र सांसदलाई बलियो बनाउने मेरो उद्देश्य हुनेछ ।’

आफूले आगामी २५–२६ गतेसम्ममा विश्वासको मत लिने पनि बताए । विश्वासको मत लिएर गठबन्धनबीचको सहमतिमा मन्त्रीमण्डल विस्तार गर्ने पनि उनले बताए । ‘कामको आवश्यकताको हिसावले र गठबन्धनको सहमतिको आधारमा मन्त्रालयको संख्या अलिकति बढाउनुपर्नेछ, त्यसपछि हामी मन्त्रीमण्डल विस्तार गर्छौं,’ उनले भने, ‘गठबन्धनमा धेरै दलहरुको सहभागीता रहेका छौं । त्यसकारण साझा संयन्त्र बनाएर अगाडि बढ्छौं ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!