हिपमत डटकम

मंगलबार, कार्तिक १६, २०७८ || 483  पटक पढिएको

तेह्रथुमको फेदाप गाउँपालिका-२ भित्री सडक खण्डमा आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने सह-चालक घाईते भएका छन् ।

बिहान राती साँढे १ बजेको समयमा ओसीडाँडा देखी सदरमकुकाम म्याङलुङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख २७७० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा ट्रक चालक काभ्रेपलान्चोकका २७ बर्षीय रोहित अधिकारी र सह-चालक २४ बर्षीय सुदिप राई घाईते भएका थिए ।

घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल म्याङलुङ पठाईएकोमा उपचारको क्रममा चालक अधिकारीको मृत्यु भएको तथा सह-चालकको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!