हिपमत डटकम

सोमबार, कार्तिक १५, २०७८ || 391  पटक पढिएको

रुपन्देही, मायादेवी गाउँपालिका-८ मायादेवी चोकस्थित सडकमा लु.५० प ६०३१ नम्बरको मोटरसाइकललाई ना.३ ख ४२१९ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

त्यसैगरी  रौतहट, चन्द्रपुर नगरपालिका-१ पौराई पुलस्थित सडकमा प्रदेश २ -०३-००६ प ४०१३ नम्बरको मोटरसाइकललाई ना.६ त ४७३ नम्बरको ट्याक्टरले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने २२ वर्षीय सरोज मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंज नेशनल मेडिल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!