हिपमत डटकम

आइतबार, कार्तिक १४, २०७८ || 401  पटक पढिएको

भारतले आइसिसी टि२० विश्वकपमा आज साँझ न्युजिल्यान्डसँग खेल्दै छ । सुपर १२ को समूह २ मा रहेको भारत र न्युजिल्यान्ड दुबैलाई सेमिफाइनल सम्भावना बलियो बनाउन आजको खेलमा जित्नै पर्ने दबाब छ ।

भारत पाकिस्तानसँग पहिलो खेलमा १० विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अंक विहीन दुबै टोलीलाई यो खेल गर वा मरको अवस्था छ ।

भारतले आइसिसीको प्रतियोगितामा न्युजिल्यान्डलाई झण्डै दुई दशक देखि हराउन सकेको छैन । आइसिसी प्रतियोगिता इतिहास हेर्दा भारतमाथि न्युजिल्यान्ड लगातार हाबी हुँदै आएको छ ।दबाबमा कमजोर प्रदर्शन भारतीय टोलीको मुख्य कमजोरी रहँदै आएको छ । एकदिवसिय विश्वकप इतिहासमा भारत र न्युजिल्यान्डबीच ९ खेल भएका छन् ।

जसमा भारत ३ खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ । एक खेलको नतिजा विहीन छ । टि२० विश्वकपमा दुई खेलमा दुबैमा न्युजिल्यान्ड विजयी भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!