हिपमत डटकम

आइतबार, कार्तिक १४, २०७८ || 451  पटक पढिएको

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको काभ्रे जिल्ला अध्यक्षमा टिल्कु लामा चयन भएका छन । पार्टीको काभ्रेस्थित बनेपामा भएको अधिबेशनले लामालाई पुन: दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

राप्रपा काभ्रे जिल्ला उपाध्यक्षमा गणेशलाल श्रेष्ठ,श्रीदास लामा,गङ्गामाया लामा, सचिवमा धनजित लामा र कोषाध्यक्षमा किरन श्रेष्ठ चयन भएका छन । २९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको र पार्टीको गतिविधिलाई तिब्रता दिइने अध्यक्ष लामाले बताए।

 

अधिवेशनको उद्घाटन राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले गरेका थिए । उनले वर्तमान सरकारले सुर लिन नसकेको आरोप लगाउँदै गठन भएको ४ महिना अवधीमा जनताका समस्या समाधान गर्ने र मुलुकलाई दिशा दिने काम हुन नसकेको तर्क गरे ।

कार्यक्रममा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्य उदयसिं मुस्याजु, जिल्ला अध्यक्ष टुल्कु लामा, सचिव धनजीत लामालगायतले राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!