हिपमत डटकम

आइतबार, कार्तिक १४, २०७८ || 632  पटक पढिएको

विराटनगर । विराटनगर जेसीजले ‘जेसीज सप्ताहको’ अवसर पारेर आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ मोरङ बिजयी भएको छ ।

विराटनगरमा आइतबार विहान भएको फुटसल प्रतियोगितामा विराटनगर जेसिजलाई ५–४ गोलले हराउँदै नेपाल पत्रकार महासंघ मोरङ बिजयी भएको हो । प्रतियोगितामा पत्रकार अनिल श्रेष्ठले ह्याट्रिक गरेका छन् । उनले खेल अवधीभरिमा तीन, हरिहर नेपाल र पुण्य पी अधिकारीले १÷१ गोल गरेका थिए । फुटसल प्रतियोगिताको संयोजकमा जेसीजका प्रितेसराज दाहाल थिए ।

विराटनगर जेसीजले जेसीज सप्ताहमा हप्ताभरी विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने गरेको छ । सप्ताह अन्र्तगको मैत्रीपूर्ण फुटल तेस्रो कार्यक्रम हो । यसअघि पहिलो दिन बाढीपीडितलाई राहत वितरण गरेको छ । जेसीजले विराटनगर १४ ऋषिदेव टोलका ६० घर परिवारका बाढीपीडितलाई राहतमा खाद्यान्य वितरण गरिएको थियो । दोस्रो दिनमा सेयर सम्बन्धी तालिम भयोे ।

उक्त तालिमको प्रशिक्षक नेपाल जेसीजको पुर्व कार्यकारणी उपाध्यक्ष सुवासचन्द्र भट्टराई थिए । सोमबार अन्र्तक्रिया र सोही दिन विभिन्न स्कूलका छात्राहरुलाई आत्मारक्षाको लागि तालिम दिने विराटनगर जेसीजका अध्यक्ष प्रदिप दाहालले जानकारी दिए ।

मंगलबार विराटनगरमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरि समापन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!