शनिबार, कार्तिक १३, २०७८ || 545  पटक पढिएको

कार्तिक १३, सुनसरी । भोजपुरको रामप्रसादराई गाँउपालिकाले “स्थानीय तहको सेवाप्रवाहलाई व्यवस्थित बनाउनको लागि पुनर्ताजगी तालिम” सम्पन्न गरेको छ ।

शनिबार गाउँपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विजय, विशिष्ट अतिथि उपाध्यक्ष सम्झना राईको र निमित्त प्रमुख जिल्ला अधिकारी गिरीराज भट्टराई रहेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विजय राईले आगामी दिन सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई व्यवस्थित बनाउन भुक्तानी शिविर संचालन गर्न गाउँपालिकाले यथाशिघ्र तयारी गर्ने र सम्बन्धित सरोकारवालाहरुसंग छलफल अगाडी बढाउने बताए ।

यसैगरी गाउँपालिकाकी उपाधक्ष सम्झना राईले गाउँपालिकाको हरेक शाखा र मातहतको निकायबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन पुनर्ताजगी तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताइन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बाबुनन्द मेहताले पुनर्ताजगी तालिमले कर्मचारीहरूलाई आफुले सम्पादन गर्नुपर्ने कामको सम्वन्धमा अभिमुखीकरण दिई आआफ्नो जिम्मेवारी र जवाफदेहिता वोध गराएकोले आगामी दिनमा गाउँपालिकाको सेवाप्रवाहलाई सहज सरल छिटो छरितो प्राविधिमैत्री र प्रभावकारी बनाउन टेवा पुग्ने बताए ।

पुनर्ताजगी तालिममा सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली व्यवस्थापन, सुशासन र वित्तिय अनुशासन, वडा कार्यालयवाट प्रवाह हुने सेवाहरू, वडा सचिवको जिम्मेवारी र कार्यक्षेत्र, जिन्सी व्यवस्थापन, योजना तथा तालिम कार्यान्वयन तथा व्यवस्थापन, स्वास्थ्य सेवा प्रवाह, स्थानीय तहमा सार्वजनिक सेवा व्यवस्थापन लगायतको विषयमा प्रशिक्षण दिइएको अधिकृत मेहताले बताए । सो तालिममा गाउँपालिका र मातहतको निकायमा कार्यरत कर्मचारीहरु, स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको मेहताले जानकारी दिए ।

सो तालिम निमित्त प्रमुख जिल्ला अधिकारी गिरीराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, साकेला गाउँपालिका खोटाङका एमआइएस अपरेटर डिएम चाम्लिङ राई, प्रशासकीय अधिकृत अनन्त राई, सूचना प्रविधि अधिकृत सजन सुब्बालगायतकाले तालीम अभिमुखीकरण गरेका थिए भने कार्यक्रमको संयोजन सामाजिक विकास शाखा प्रमुख श्रीप्रसाद ढकालले गरेका थिए ।

उक्त दुइदिने तालिम कार्यक्रमको समापन समारोहमा गाउँपालिकाको कर्मचारीहरूलाई प्रशिक्षण दिएर कर्मचारीहरूमा नयाँ जोसजागर र उत्प्रेरित गरी उनीहरूको समग्र क्षमता विकास गरेकोले गाउॅपालिका अध्यक्ष विजय राई, उपाध्यक्ष सम्झना राई, वडअध्यक्षहरू र अधिकृत बाबुनन्दन मेहताले निमित्त प्रमुख जिल्ला अधिकारी गिरीराज भट्टराई, एमआइएस डिएम चाम्लिङ राई, वडासचिव तिलक बहादुर कार्की, वडासचिव मनकाजी कट्टेल लगायतकालाई सम्मान सहित प्रशंसापत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!