शनिबार, फाल्गुण ०३, २०७६ || 1137  पटक पढिएको

कोरोना भाइरसबाट प्रभावित चीनको वुहानमा रहेका नेपाली आइतबार बिहान नेपाल आइपुग्ने भएका छन् । उनीहरुलाई उद्दारका लागि नेपाल वायुसेवा निगमको जहाज बुहान पुगिसकेको छ । चीन गएको विमानमा १ विदेशी र १ नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहेका छन् । चीनमा रहेका नेपालीहरु वुहान एयरपोर्टमा जम्मा भइसकेका छन् । शयान, यिथाङ, चीङचउ, चीङमन, वनसीलगायत सहरबाट उनीहरु बस चढेर विमानस्थलमा पुगेका हुन्। विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गर्दै एयरपोर्ट पुगेको बताइएको छ । विभिन्न चरणको परीक्षणमा १८५ जना नेपाली कसैलाई पनि कोरोनाको संक्रमण नदेखिएको समाचारमा जनाइएको छ । यद्दपि अझै अन्तिम परीक्षण हुन बाँकी नै छ । स्थानीय समयअनुसार राति ११ बजे वुहानबाट नेपाली नागरिकलाई लिएर जहाज काठमाडौं फर्कनेछ। उनीहरुलाई आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ । चीनबाट फर्किएका उनीहरुलाई १४ दिन भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!