हिपमत डटकम

शुक्रबार, कार्तिक १२, २०७८ || 794  पटक पढिएको

विराटनगर–१६ वडाले ४५ लाख रूपैयाँ खर्चेर निर्माण गरेको शमशानघाटको पर्खाल भत्किएको छ ।
वडाध्यक्ष मनोज सुब्बाले महानगरपालिकाको ४५ लाख रकमबाट आफ्नै वडाको दरैया वस्तीमा राई लिम्बुहरूको शमशानघाटको जग्गालाई सुरक्षित राख्न लगाइएको पर्खाल भत्किएको हो ।

विराटनगर–१६ स्थित दरैयावस्ती शमशानघाट समितिका अध्यक्ष मनुराजा लिम्बुले वडाध्यक्ष सुब्बाले आफ्नै भाइ लक्ष्मी सुब्बालाई उपभोक्ता समितिको अध्यक्ष र राजीव सुब्बालाई ठेकेदार बनाएर निर्माण गरेको देवाल गुणस्तरहीन भएकोले बाढी पहिरो जाँदा पर्खाल भत्किएको आरोप लगाएका छन् ।

अध्यक्ष लिम्बुले उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी सुब्बा ठेकेदार राजीव सुब्बा र विराटनगर महानगरपालिकाका तत्कालिन इन्जिनियर श्यामसुन्दर गुप्ता तथा वडाध्यक्ष सुब्बाले थोरै रकममा गुणस्तरहीन काम गरेर बाँकी रकम बाँडफाँड गरेको आरोप लगाइएको छ ।

उनले शमशानघाट समितिमा भएको गुणस्तरहीन कामको बारेमा वडाध्यक्ष सुब्बाका विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्ने माग गरेका छन् । तर वडाध्यक्ष सुब्बाले कात्तिकको पहिलो हप्ता अविरल रूपमा परेको वर्षापछि केसलिया खोलाको पानी दरैयावस्तीमा प्रवेश गर्दा शमशानघाटको पर्खाल भत्किएको प्रतिक्रिया दिए । बुधबार न्यू सृष्टि दैनिकसँग कुरा गर्दै वडाध्यक्ष सुब्बाले भने, ‘विद्युतको करेन्ट प्रवाह हुने गरी बाढीको पानी दरैया वस्ती पस्दा शमशानघाटको अगाडि पछाडिदेखि चारैतर्फको पर्खाल भत्किएको छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!