मोरङ प्रहरीले चाडपर्वलाई लक्षित गरेर जिल्लाभर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरे पनि त्यसको सकारात्मक प्रभाव देखिएको छैन ।
चोरी, डकैती तथा लुटपाटका घटनामा बढिरहेका छन् । नेपालीको महान चाड विजया दशमी शुरू भएयता विराटनगरसहित जिल्लाभर ५० भन्दा बढी स्थानमा ५ करोडभन्दा बढी रकम बराबरको सामग्री चोरी, डकैती तथा लुटपाट भएको छ । धनपालथानको कर्सिया बजारमा लुटेराहरूले सिटिजन बैंकको गार्डलाई गोली हानेर २१ लाखभन्दा बढी रकम लुटपाट गरे ।

विराटनगरमा मात्रै ३० भन्दा बढी घरमा घरको ताल्चा फोडेर सुनचाँदी गरगहना र नगद लुटपाट भएको छ । बैंक तथा वित्तिय संस्थाहरूबाट रकम लिएर घर फर्किरहेका दजर्नौ व्यक्ति साँझपख बाटोबाट लुटिएको मोरङ प्रहरीमा लिखित उजुरी परेको छ । तर प्रहरीले घट्ना सार्वजनिक भए मानिसहरू अत्तालिने हो की भनेर घट्ना गुपचुप राखेको छ । पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन हुँदाहुँदै चोरी डकैती तथा लुटपाटका घटना नरोकिएपछि सर्वसाधारण आतंकित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख एसपी जनार्दन जीसीले जनताको जिउधनको रक्षाका लागि जिल्लाभर आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरेको दावी गरिरहेका छन् तर, सर्वसाधारण नेपाली जनताको घर फोडेर लुटपाट हुने क्रम जारी छ । दसैं आगमनको १ महिना अगाडिदेखि नै जिल्लामा चोरी, डकैती तथा लुटपाटको घटना घट्न सुरू भएको हो । प्रदेश नं. १ को राजधानी विराटनगरवासी चोरी, डकैती तथा लुटपाट आतंकबाट सबैभन्दा बढी प्रभावित छन् ।

विराटनगरका मेयर भीम पराजुली महानगरक्षेत्रका घर फोडेर चोरी, डकैती तथा लुटपाटका घटना हुन थालेपछि मोरङ प्रहरी प्रमुख एसपी जीसी र १ नं. प्रदेश प्रहरी प्रमुख डीआइजी अरूण बीसीलाई पटक पटक फोन गरेर सुरक्षा व्यवस्था चुस्त पार्न सुझाव दिएका छन् । एसपी जीसी र डीआइजी बीसीले सुरक्षा व्यवस्थालाई चुस्त पार्न जिप्रका मोरङमा दरबन्दीबाहेक प्रदेश प्रहरी कार्यालय, दंगा नियन्त्रण गणबाट समेत थप सुरक्षाकर्मी परिचालन गरेका छन् ।

यसबाहेक नेपाली सेना, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय मोरङ, राष्ट्रिय अनुसन्धान मोरङ, प्रदेश प्रहरी कार्यालय विराटनगरले सयौंको संख्यामा सादा पोशाकमा प्रहरी परिचालन गरेर चोरी डकैती तथा लुटपाटको घटनालाई नियन्त्रण गर्ने गरी सूचना संकलन गरिरहेको छ । तर पनि प्रत्येक दिन विराटनगरमा चोरी डकैती तथा लुटपाटको घट्ना घटुने क्रम जारी छ ।
मोरङ प्रहरीले विराटनगरको बैंक तथा वित्तिय संस्थादेखि सुनचाँदी तथा सटही काउण्टरसम्मका व्यवसायीलाई सुरक्षा प्रदान गर्नेगरी पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

पसलमा किनमेल गर्न आउनेदेखि किनमेल गरेर फर्किने ग्राहकसम्मलाई सुरक्षाकर्मीले हेरविचार गरिरहेको छ । तरपनि लुकीछिपी बसेका लुटेराहरूले मौका पाउना साथ लुटपाट गर्न छाडेका छैनन् । विराटनगर महानगर क्षेत्रबाट मात्रै ५ करोडभन्दा बढी रकम बराबरको घर फोडेर सरसामग्री लुटपाट भएको मोरङ प्रहरीमा लिखित उजुरी दर्ता भएको छ ।
विराटनगरमा सबैभन्दा बढी १० नं. वडामा बढी लुटपाटका घटना घटेका छन्

। वडाध्यक्ष माधवराज वाग्लेले दसैंको बेला उद्योगी, व्यवसायी र सरकारी कर्मचारी दसैंको विदाको मौका छोपेर घुम्न बाहिर गएको बेला डेढ दर्जनभन्दा बढी घर तोडफोड गरेर सुनचाँदी, गहना र नगद लुटपाट भएको जानकारी गराए । विराटनगर–१० का लुटपाट भएका पीडित व्यक्तिहरूले संयुक्त रूपमा लगत निकालेर लिखित निवेदन मोरङ प्रहरीमा दर्ता गराएका छन् । मोरङ प्रहरीले लुटपाटमा संलग्न केहि लुटेरालाई रंगेहात पक्राउ गरेर हिरासतमा राखे पनि लुटपाट गिरोहको भण्डाफोर गर्न सकेको छैन ।

यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!