जनकपुरधाम । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाका मुटुरोग विशेषज्ञ डा. राजेश साहले आफुहरु भूमरीमा फसेको गुनासो गरेका छन् । पुर्वाधार निर्माणका लागि नेता मन्त्रीहरुको कार्यालय सहित घरदैलोमा समेत धाउँदा उनीहरुले चासो नदिंदा आफुहरुको मनोबल घटेको गुनासो गरेका हुन् ।

त्यहाँ पुग्ने अधिकांश विरामी मधेशमुलकै हुनेगरेकोले जनकपुर शाखाको स्थापना मधेशको लागि अतिआवश्यक र महत्वपूर्ण मानिएको थियो । “यसको उपचार मधेशमा किन सम्भव छैन ? त्यहाँ पनि सम्भव हुन सक्छ भने एउटा सोंचलाई अभियानको रुपमा अगाडी बढाए जसको फलस्वरुप हाम्रै पहल र अग्रसरता जनकपुर शाखा स्थापना भएको” डा. साहले बताए ।

उनले भने “जनकपुर शाखा स्थापना हुने भएकोले एकदमै उत्साहित भएका थियौं । तत्काल प्रादेशिक अस्पतालमै एक भवन बनाइदिए आफुहरु सेवा गर्न तयार भयौ ।” डा. साहका अनुसार जनकपुर शाखामा मुटु रोग उपचारको लागि दैनिक सैयौ विरामीहरु आउने गरेकोछ । आफुरु समयको कुनै प्रवाह नगरि काम गरेके तर, अब मनोबल टुटदै गइरहेको उनले बताए ।

शाखा स्थापना हुँदा सुरुमा ओपीडि, त्यसपछि गुणस्तरीय भवन र तेस्रो चरणमा क्याथल्याव स्थापित गर्ने योजना सहित उनीहरुलाई सेवाका लागि जनकपुरधाम बोलाइएको थियो । तर, अहिले कसैले कुनै किसिमको चासो नलिएपछि उनीहरु निरास भएका छन् । आवश्यक पुर्वाधार नभएकोले प्रभावकारी सेवा संचलन हुन नसकि रहेको छैन डा. साहले बताए ।  उनले जनकपुरधाममा शहीद गंगालाल राष्ट्रिय हृदय केन्दको शाखा संचलन हुनु नै ठुलो अवसर भएकाले यसलाई सुव्यवस्थित रुपमा संचलन गर्न आवश्यक पुर्वाधार निमार्ण सहितका व्यवस्था मिलाउन हरेक पक्षलाई पहल गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!