पर्सा, छिपहरमाई गाउँपालिका-५ भिष्वास्थित उच्च मंगल माध्यमिक विद्यालयको लेखा फाँटको कोठामा विद्युतको तार सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा ल्यापटप लगायतका समानहरु जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बागलुङ, बडिगाड गाउँपालिका-७ भित्रेनी बस्ने धन बहादुर थापाको घरमा विद्युतको तार सर्ट भई मंगलबार राति आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा र जिन्सी सामान जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।