मंगलबार, कार्तिक ०९, २०७८ || 576  पटक पढिएको

चीनले २०७६ सालको फागुन २९ गते अब कोरोना भाइरसको महामारी समाप्त भएको जनाएको थियो । भाइरस बुहानबाट विश्वभर फैलिएको भन्दै चीनको विश्वव्यापी आलोचना पनि भयो ।

चीनले कडाइका साथ लकडाउन लागु ग¥यो भने स्वास्थ्य मापदण्ड नमान्ने सर्वसाधारणलाई कारागारमा जाक्यो । भाइरसको नयाँ संक्रमित भेटिन छाडेपछि चीनले आफ्नो देशलाई कोरोनामुक्त घोषणा ग¥यो । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले चीनमा महामारीको अन्त्य भएको त्यसबेला घोषणा गरेका थिए । चीनमा कोरोना सकिएको घोषणा भएको दुई हप्ता नवित्दै २०७६ साल चैत ११ गते नेपाल सरकारले देशै भर लकडाउनको घोषणा गरेको थियो ।

लकडाउनका कारण केहि मत्थर बनेको कोरोना भाइरसले नेपालमा पुनः टाउको उठायो । कोभिड–१९ का विभिन्न भेरियन्टले कैयौंको ज्यान लियो । मोरङ प्रशासनले कोरोना महामारीलाई भयावह बन्न नदिन ०७८ साल बैशाख १८ गतेदेखि निषेधाज्ञा जारी ग¥यो जुन हालसम्म जारी छ ।
तर कोरोना महामारीको संकट अझै टरेको छैन । पछिल्लो समय चीनमा कोरोनाले फेरी सर्वसाधारणलाई त्रसित बनाएको छ ।
चीनमा संक्रमण पुनः चलायमान बन्दै गएको छ । लगातार संक्रमणको मामिलामा वृद्धि हुँदै गइरहेको छ । पछिल्लो हप्ता चीनमा १६ जनामा कोरोना संक्रमण देखिएपछि राज्यको होस हवास उडेको छ । चीन सरकारले विभिन्न सहरका विमानस्थलदेखि विद्यालयसम्म बन्द गरेको छ । आवश्यकताअनुसार मात्र घरबाट बाहिर निस्कन उर्दी जारी गरेको छ ।

कोरोना नियन्त्रण गर्न चीन सरकारले कठोर कदम उठाए पनि संक्रमितको संख्या बढेर शनिबारसम्म ५३ पुगेको छ । चीनमा नयाँ भेरियन्टले तहल्का मच्चाएको हुन सक्ने स्वास्थ्यविदहरूको अनुमान छ । भारतमा समेत झण्डै आधा जनसंख्यालाई कोरोना विरूद्धको खोपको बावजूद आइतबार ५६१ जनाले ज्यान गुमाए । १६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । दिलोज्यानले कोरोना नियन्त्रणका सबै प्रयास गरेपनि संक्रमण र मृत्युदर बढ्दै गएकोप्रति भारत सरकारले चिन्ता व्यक्त गरेको छ ।

नेपालमा शनिबार ५१३ जना कोरोनाका नयाँ विरामी थपिए भने ८ जनाले ज्यान गुमाए । प्रदेश नं. १ को कुरा गर्ने हो भने १०८ जना नयाँ संक्रमित फेला परे । २ जनाको ज्यान गयो । विराटनगर नगर क्षेत्रमा शुक्रबार ५ महिला र ५ पुरूष गरी १० जना संक्रमित फेला परे । नगर क्षेत्रमा विराटनगर महानगरपालिकाको कोभिड शाखाले ४५ जनाको कोरोना जाँच गरेको थियो । शनिबार उपलब्ध परिणाम अनुसार ७ महिला र १८ पुरूष गरी २५ जनामा संक्रमण फेला प¥यो । संक्रमितको दर ५० प्रतिशतभन्दा माथि छ ।

विराटनगर महानगरपालिका अन्तर्गत जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले छिमेकी मुलुकमा कोरोना बढ्नु नेपालका लागि सुखद नरहेको तर्क गरे । उनले खुल्ला सीमानाका कारण छिमेकी देशमा जे हुन्छ त्यसको असर सिंधै नेपालमा पर्ने जिकिर गरे । उनले आइतबार न्यू सृष्टि दैनिकसँग कुरा गर्दै खोपका कारण कोरोना केहि न्यून भएको जस्तो देखिएपनि समाप्त नभएको बताए । उनले डेल्टा लगायत कोरोनाका विभिन्न भेरियेन्ट देखिएको भन्दै खुल्ला सीमा नाकाका कारण कोरोना संक्रमितको संख्या नबढ्ला भनेर ढुक्क हुने अवस्था नरहेको जानकारी गराए ।
उनले महाशाखाले पीसीआर र एन्टीजेन्ट टेष्ट, टे«सिङ्ग र हेल्पडेक्सलाई निरन्तर जारी राखेको बताए । कोभिड शाखा प्रमुख हैदर अलीले एउटा पनि संक्रमित भेटिनु भनेको जोखिम रही रहनु हो भनि स्पष्ट पारे । विश्व स्वास्थ्य संगठनले डेल्टा लगायतका कोभिड–१९ का भेरियेन्ट तिव्र फैलिँदै गएको भन्दै खोप लगाउन, सामाजिक दुरी कायम गर्न, मास्क लगाउन, साबुन पानीले अनिवार्य पटक–पटक हात धुन विश्व समूदायमाझ पुनः अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!