हिपमत डटकम

मंगलबार, कार्तिक ०९, २०७८ || 669  पटक पढिएको

कपुरकोट गाउँपालिका-१ कालापातल भन्ने जंगलबाट व्यापारीको नगद ३ लाख रुपैयाँ र रा.१ ख २३९१ नम्बरको ट्रकको कागजपत्र, चाबी र मोबाइल लुटपाट गरेको अभियोगमा रोल्पा सुलिचौर बस्ने ३० वर्षीय तिलक विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंजबाट तरकारी किन्न आएका तरकारी ब्यापारी सेराज हलुवाईलाई तिलक समेतका व्यक्तिहरुले उक्त जंगलमा खुकुरी देखाई ट्रक समेत तोडफोड गरी सेरोजको साथबाट नगद तथा ट्रकको कागजपत्र लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा तिलकलाई पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!