काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडस्थित दिपक अर्यालले संचालन गरेको निर्दिप डल हाउस एण्ड ट्रेनिङ सेन्टरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा गिफ्ट सामानहरु जलेर करिब ४५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सर्लाही, बागमती नगरपालिका-६ खाल्टे बस्ने अर्जुन अधिकारीको घरमा सोमबार राति आगलागी हुँदा अन्तपात, लत्ताकपडा, सुनचाँदी समेत गरी करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।