हिपमत डटकम

मंगलबार, कार्तिक ०९, २०७८ || 440  पटक पढिएको

खेतको आलिको घाँस काटेको सामान्य बिबादको बिषयलाइ लिएर धनुषामा गएराती ४/५ जनाको समुहले एक जनामाथी आक्रमण गरि हत्या गर्ने प्रयास गरेको छन् ।

धनुषाको सवैला नगरपालिका ४ पटेर्वाको अन्दाजी ६५ बर्षको रुपा महरामाथी उक्त बिषयलाई लिएर आइतबार राती १२ बजेतिर साविक चिकना गाबिस २ तथा हाल कल्यानपुर नगरपालिका – ५ घर भइ बस्दै आएका रामदयाल साहको छोरा नथुनी साह संग आइतबार बिहानै ९ बजेतिरको समयमा आलिमा घाँस काटेको भन्दै निज महराको बुहारीलाई अनापसनाप एवं गालिगलौज गरिरहदा महराले रोकेको पिडितका परिवारले बताए।

 

सामान्य झगडाको बिषयलाइ लिएर हातहतियार सहित आएका उक्त समुहले रुपा महरामाथी आक्रमण गरेको तथा महराको खेतको एक-दुई कित्ता खेत पर खेतमै सानो छाप्रो बनाएर खेतमै बस्दै आएका गंगबा महरा तथा अरबिन्द महराले निज महराको चिच्याएको आवाज सुनेपछी दौडेर जादा उक्त समुहको भागाभाग भएको तथा निज महराको ज्यान बचेको रुपा महराको नाति प्रदिप महराले बताए।

” कमलाको पुर्वपट्टीका अधिकांश भुभाग तथा खेतियोग्य जमिन सिरहामै पर्ने गर्दछ।यो क्षेत्रका किसानहरु पनि तरकारी बाली तथा तरबुज,कांक्रो उब्जाउन र हेरचाह गर्न खेतमै सानो छाप्रो बनाएर बस्ने गर्दाछन् र बर्षायाममा पानी नपस्ने ठाउमा छाप्रो सर्ने गर्दछन् ।

कमलाको पुर्व धनुषाको केही भुभाग तथा कमलाको पश्चिम सिरहाको केही भुभाग परेकोले सवै प्राय सानो छाप्रो बनाएर त्यही बस्ने गर्दै आएका छन् तर अचानक आएर ज्यान मर्ने गरि आक्रमण गर्छन भन्ने कहिले पनि नसोचेको उनिहरु भनाइ छ। खेतिपातिमा आलि काट्ने,घाँस काट्ने जस्ता कुरामा सानोतिनो बिबाद हुनु सामान्य कुरा हो,”परिवारको नाम नखोल्ने भन्दै एकजना किसानले बताए।

हमलाकरीहरुले निज पिडित महराको बायाँ हातको औठा भांचिदिएका छन् र साथै गम्भीर चोटपटक पनि लागेको छ।

उनको हातको औठामा स्टिल लगाउनु पर्ने समेत महराको नातिले बताए।

सवैला नगरपालिका इलाका प्रहरीले घटना बिषयमा राति १ बजे तिर खबर पाए पछि खोजबिहिन गर्दा अपराधीहरु फरार भएका तथा घटना सम्बन्धमा अनुसन्धान गरि रहेको प्रहरीहरुले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!