पाँच दिन अगाडि आएकाे अबिरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ।
माेरङकाे सिमावर्ति क्षेत्रकाे रंगेली ,धनपालथा, सुन्बर्शी , रतुवामाई ,कानेपाेखरी लगायतका क्षेत्रका अधिकांश किसान हरुले असार महिनामा सयौं बिगाघ खेतामा लगाएकाे धन बाली दुई दिन परेकाे अबिरल बर्षाका कारण नष्ट भएको छ ।
खेतमा कतै पहेंलै भएर पाकेकाे र कतै हरियो धान समेत हावा र पानीका कारण खेतमा पानी भरिए पछि सम्पुर्ण धान खेतैमा कुहिने अवस्थामा पुगेको रंगेलीका कृषक पुर्साेतम काफ्लेले बताए ।
भारी बर्षका कारण बर्षभरी खानका लागि जाेहाे गर्ने र आफुलाई गरेता पनि खेतमा दुख गरेर राेपिएकाे धान दुई दिनकाे हावाहुरीका कारण खेतैमा बाला मात्रै देखिने गरि हिलाेले पुरिए पछि आफूहरु चिन्तित रहेको काैशिला ताजपुरीयाले बताईन ।
माेरङमा बक्राह खाेला, चिस्यान खाेला, चेकाहा खाेला , मरिया खाेला लगायत अधिकंश खाेला काे बाहव बडेपछि काटने अवस्थामा रहेकाे धानबाली घर भित्राउने समय भएको बेलमा बेमौसमी अबिरल बर्षाको कारण धान बाली सोतर भएपछि किसानहरु चिन्तित रहेका छन ।
गतवर्ष भन्दा यस बर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए। तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले किसानलाई निराश बनाएको छ।
कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको छ।अविरल बर्षा, हावा हुरीसंगै कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको सत्यनारायण ताजपुरीयाले बताए ।
अबिर वर्षाका कारण रंगेली क्षेत्रमा ३५ सय बिधाकाे धानखेती नष्ट भएको कृषि शाखा रंगेलीका प्रमुख बिरेन्द्र मंडलले बताए । अहिले खेतमा खाेलाले बगाएर ल्याएकाे दाउरा मात्रै रहेको र साेहि दाउरा लिएर घर लैजानु पर्ने बाध्यता रहेको कृषकहरु बताउँछन् ।