साहित्यकार लक्ष्मी चौधरी ‘युग्मी’ को उपन्यास ‘एक झल्को प्रेम’माथि शुक्रबार विमर्श गरिएको छ ।
अम्वे–मुरारी सेवा केन्द्र विराटनगरले आयोजना गरेको कार्यक्रममा ‘एक झल्को प्रेम’ माथि विमर्श गरिएको हो । उपन्यासका विषयमा टिप्पणी गर्दै साहित्यकार हरि कट्टेलले सामाजिक विषयसहित प्रेम–प्रणयलाई ‘एक झल्को प्रेम’मा सशक्त रुपमा उठाइएको बताउनुभयो । उहाँले यथार्थपरक भएको दाबी गर्नुभयो ।
वरिष्ठ साहित्यकार दधिराज सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राज्ञ विवश पोखरेल, साहित्यकार रामबाबु दाहाल, भरत गुरागाईं ‘बर्बरिक’, आयोजक संस्थाकी अध्यक्ष युवा भण्डारी, कोषाध्यक्ष चूडा ठकुरी, एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । केही समय अघि सहयात्री दर्पण नेपालले प्रकाशनमा ल्याएको सो उपन्यास १६४ पृष्ठको रहेको छ ।