हिपमत डटकम

शुक्रबार, कार्तिक ०५, २०७८ || 726  पटक पढिएको

गलत काम गर्नेलाई कस्तो कारवाही गर्ने ? यसबारे कानुनी व्यवस्था नै छ । कसैले गलत ग¥यो भनेर कानुन हातमा लिदैं कारवाही गर्न थाल्ने हो भने समाजमा थप अपराधिक क्रियाकलाप बढ्दै जान्छन् ।

सन्दर्भ हो जककपुरको । २ नं. प्रदेशको जनकपुरस्थित खानेपानी कार्यालयका प्रमुखलाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कपडा समेत फकालेर सहर घुमाए । उनलाई कालोमोसो दलियो । बाँसको लाठी, मुक्काले हिर्काइयो । (हेर्नुहोस् तस्वीर) ।

उनको अपराध के थियो ? जनमत पार्टीका कार्यकर्ताहरूले कार्यालय प्रमुखले आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् ।
अनियमितता, भष्ट्राचार भयो भने कारवाही गर्ने निकाय छ । प्रहरी, प्रशासन वा अख्तियारलाई जिम्मा लगाउन सकिन्छ प्रमाणसहित । तर, जकनपुरमा जुन घटना भयो यसले सोसल मिडियामा अपराधको संज्ञा नै दिइयो र, असल काम गरेको भन्ठाने पनि यसको सर्वत्र आलोचना भयो ।
जनमत पार्टी शान्तिपूर्ण राजनीतिमा सहभागि हुने भन्दै मूलधारको राजनीतिमा आएको धेरै भएको छैन । तर, उसको यो गतिविधिप्रति सर्वत्र विरोध गरिएको छ । अन्यन्तै घृडीत तरिकाले कार्यालय प्रमुखलाई पशुवत व्यवहार गरिएको छ ।

‘कार्यालय प्रमुख घुसखोरी हुनसक्छन्, उनी अभियुक्त पनि हुन सक्छन् तर, कारवाही गर्ने यो तरिका झनै भत्र्सनायोग्य देखियो’ मधेसी बुद्धिजीवी उपेन्द्र यादवले भने, ‘यो अपराध नै हो, कानुन हातमा लिने जोकोहीलाई यसरी नै उन्मुक्ति दिने हो भने समाजमा संस्थागत तरिकाले यसप्रकारका गतिविधि बढ्ने छन् ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!