शुक्रबार, कार्तिक ०५, २०७८ || 613  पटक पढिएको

विराटनगरमा घर तोडफोड गरी लुटपाट गर्ने दुई व्यक्तिलाई स्थानीयवासीको सहयोगमा मोरङ प्रहरीले पक्राउ गरेको छ ।
जिप्रका मोरङका प्रमुख एसपी जनार्दन जीसीले विराटनगर–६ का रविकुमार दास र विराटनगर–८ का विवेक कामतलाई तिनटोलीयामा लुटपाट गर्दागर्दै पक्राउ गरिएको जानकारी गराए । दुवै लुटेराले विराटनगर–१० स्थित तिनटोलीयाको एक दर्जन घरबाट १ करोडभन्दा बढी रकम बराबरको नगद र सुनचाँदी लुटपाट गरेका थिए ।

विराटनगर–१० स्थित तिनटोलीया निवासी घनश्याम मण्डल र दिनानाथ साहको घरमा लुटपाट गर्दा गर्दै विराटनगर–६ का दासलाई पक्राउ गरिएको थियो । विराटनगर–८ का १८ वर्षीय विवेक कामतलाई चोरी भएको घरधनीकै सीसी क्यामेरा टीभीको फुटेजको आधारमा पक्राउ गरिएको थियो । दुवैले विराटनगर–१० का इन्जिनियर इन्द्रकान्त दास, प्रोफेसर विमल श्रीवास्तव, स्वास्थ्यकर्मी चन्द्रा इङ्गहाङ्ग, रामनरेश साह, देवी पौडेल, मित्रमान थापा, इन्जिनियर मोहन कर्ण, घनश्याम मण्डल, दिनानाथ साह लगायतको घरबाट १ करोडभन्दा बढीको नगद र सुनचाँदी लुटपाट गरेका थिए ।

जसमध्ये इन्जिनियर मोहन कर्णको घरबाट २० लाखभन्दा बढीको २० तोला सुन र नगद, रामनरेश साहको घरबाट १० लाखभन्दा बढीको नगद र सुनचाँदी र स्वास्थ्यकर्मी इन्द्रा इङ्गहाङ्गको घरबाट १० लाखभन्दा बढीको नगद र सुन लुटपाट गरेको पीडित पक्षले बिहीबार मोरङ प्रहरीमा उजुरी दर्ता गराएको छ ।

विराटनगर–१० का अन्य व्यक्तिका घरमा लुटपाट भएको र बिहीबार नै उनीहरूले मोरङ प्रहरीमा सामूहिक उजुरी दर्ता गराएका छन् । मोरङ प्रहरीले विहीबार नै लुटेराहरूको म्याद थप गरेर अनुसन्धान जारी राखेको छ । विराटनगर–१० स्थित तिनटोलीयाका अधिकांश व्यक्ति उद्योगी, व्यवसायी र सरकारी कर्मचारी हुन् । सरकारी कर्मचारीले दसैं पेश्कीको दुई महिनाको तलबवापत एकमुष्ठ रकम थाप्ने गरेका छन् ।
उद्योगी, व्यवसायी र सरकारी कर्मचारी दसैंको मुखमा घरमा ताल्चा लगाउँदै घुमफीर गरेर घर फर्कने चलन छ । लुटेराहरूले घरमा कोही नभएको मौका छोपेर दिनभरी सुत्ने र रातैभर लुट्ने काम गर्दै आएका छन् ।

मोरङ प्रहरीद्वारा समातिएका विराटनगर–६ का दासले दिनभर सुत्ने र राती प्रत्येक टोलको घरमा ताल्चा लागेको छ भन्दै अनुगमन गर्ने गरेको बताए । उनले ताल्चा लागेको घर फोडेर भित्र पसेर चोरी गर्ने गरेको स्वीकार गरे । लुटेराले घरको गेटदेखि घरभित्रको दराज फोड्न प्रयोग गर्ने हतियार समेत मोरङ प्रहरीले बरामद गरेको छ । विराटनगर–१० तिनटोलीयाको अधिकांश घरमा लुटपाट हुन थालेपछि वडाध्यक्ष माधवराज वाग्लेको पहलमा मोरङ प्रहरीले लुटेरा पक्राउ गर्न ५ जनाको घुमुवा टोली परिचालन गरेको थियो ।
बुधबार राती घनश्याम मण्डलको घरमा लुटपाट गर्दागर्दै घरधनीबाट लखेटिएका दासलाई विराटनगर–१० का हेमन्त श्रीवास्तव र मोहम्मद अन्सार लगायतका युवाको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ गरिएका दास साइकलमा चोर्न र लुट्न मण्डलको घर पसेका थिए । घरबेटीले लखेटेपछि उनी साइकल छाडेर फरार भएका थिए । आधा घण्टा अगाडि दिनानाथ साहको घरमा लुटपाट गरेर दास मण्डलको घरमा लुटपाट गर्न पुगेका थिए । दासले मण्डलको घरबाट ५२ हजार नगदसहित सुनचाँदीका गरगहना र साहको घरबाट लुटेको १० हजार नगदसहित सुनचाँदीका गरगहना मोरङ प्रहरीले बरामद गरेको छ । लुटपाट गर्दागर्दै पक्राउ परेका विराटनगर–८ का १८ वर्षीय कामत रङ्गरोगन गर्ने मिस्त्रीका छोरा हुन् ।

बाबुले रंगरोगनन गरेको घरमा गई छोरा कामतले दिनैभर अनुगमन गर्ने गरेका थिए । र रातीको बेला त्यहि रंगरोगन गरेकै घरमा राती लुटपाट गर्ने गरेको रहस्य खुलेको छ । कामतले लुटपाट गरेको घरधनीकै सीसी टीभी फुटेजको आधारमा मोरङ प्रहरीले पक्राउ गरेको हो ।
लुटपाट भएको घरको सीसी टिभी फुटेजमा लुटेराको कपालमा एक खाले रंग लगाइएको भेटिएको थियो । सोही रंगको आधारमा कामत फेला परेका थिए । विराटनगर–१० का वडाध्यक्ष वाग्लेले दसैं अगाडिदेखिनै लुटेराहरूले विभिन्न घरमा लुटपाट गर्न थालेपछि मोरङ प्रहरीको सहयोगमा स्थानिय युवालाई परिचालन गरेर लुटेराको पहिचान गर्ने क्रममा बुधबार राती घनश्याम मण्डलको घर लुटपाट गर्दागर्दै लुटेरा पक्राउ परेको जानकारी गराए ।

उनले विराटनगर–१० का केही घरमा घरधनी बाहिर गएको बेलामा पैसा दिएर राती घर रूघ्ने व्यक्ति राख्ने गरिएको बताउँदै घर रूघ्न बसेको मान्छेले कोठामा सर्प पसेको भन्दै हिँडे लगत्तै लुटपाट भएको बारे मोरङ प्रहरीले त्यस विषयमा पनि छानविन थालेको बताए ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!