हिपमत डटकम

शुक्रबार, कार्तिक ०५, २०७८ || 377  पटक पढिएको

काठमाडौं, कीर्तिपुर नगरपालिका-५ चारधारे नजिकैको पोखरीमा डुबेर सोही ठाउँ बस्ने धादिङ थाक्रे गाउँपालिका-३ घर भएका सुजन लामाको छोरा ५ वर्षीय सुदिन लामाको बिहीबार दिउँसो मृत्यु भएको छ ।

पोखरीमा डुबेर अशक्त भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

त्यसैगरी सर्लाही, बरहथवा नगरपालिका-७ बस्ने पर्सा, पर्सागढी नगरपालिका-२ घर भएका रिजमान अंसारीको छोरा २ वर्षीय समिर अंसारीको घर पछाडि पानी जमेको खाल्टोमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको भेनस अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!