रबिन्द्र बराल

शुक्रबार, कार्तिक ०५, २०७८ || 386  पटक पढिएको

रंगेली अस्पतालमा मेसु भएर आएका डाक्टर राेहेन्द्र पाण्डे दुई बर्षकाे अबधि पछि २ गतेदेखि अस्पतालबाट बिदाइ भएका छन् ।

रंगेलीका एक युवाहरुकाे टाेलीले अस्पतालकाे सभाहलमा उनलाई एक कार्यक्रमकाे आयोजना गरी पाण्डेलाई बिदाई गरेका छन् । कार्यक्रममा रंगेलीका युवा, सन्जिव श्रेष्ण,ईश्वर पाेख्रेल, बिकर्ण कार्की ,पुर्साेतम काफ्ले , प्रकाश चिरनियाँ, अबिषेक अधिकारी , शत्रुघन रजक,मकालु टेलिभिजनका दिलिप अग्रवाल, एभिन्युज टेलिभिजनका रबिन्द्र बराल लगायतका युवा टिमले पाण्डेलाई फुल माला सहित दाेसल्हा आेडाएर बिदाइ गरेको छ ।

कार्यक्रम बिकर्ण कार्कीले भने अहिलेसम्म रंगेली अस्पतालमा धेरै मेसु आए गए तर अहिलेसम्मकाे अबधिमा सर्वसाधारण युवाहरुले पहिलोपटक मेसुकाे बिदाइ गरिएको उनलेे बताए । मेसुकाे लगनशीलता र परिश्रमले आज रंगेलीकाे उच्च शिर पर्ने सफल भएको र गरिव तथा अति विपन्न परिवारहरुले साेहि अस्पताल बाट सबै प्रकारकाे सेवा लिदै आएकाे र उहाँ रहदाँ कुनै पनि सेवा नपाएर गरिव परिवार बिराटनगर सम्म जानुपर्ने बाध्यता हटेकाे समेत कार्कीले बताए ।

सुरुमा ३० देखि ४० जना सम्म बिरामी आइपुग्ने अस्पतालको ओपीडीमा पाण्डे आएपछि अहिले १ सय ८० जनासम्म आउन थालेका थिए ।

दुई वर्षअघि स्वास्थ्य मन्त्रालयको छात्रवृत्तिमा वीर अस्पतालबाट एमडी उत्तीर्ण गर्दा डा.रोहेन्द्र पाण्डेले केही फरक र रचनात्मक काम गर्ने उनले चिकित्सक एवं मेडिकल सुपरिन्टेन्डेन्ट भएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!