शनिबार, फाल्गुण ०३, २०७६ || 902  पटक पढिएको

अम्बे मुरारी सेवा केन्द्रले ११ औं बार्षिक उत्सवको अवसर पारेर समाज सेवी बेनि गोपाल मुन्दडा , दिन बन्धु गोयललाई सम्मान गरेको छ ।
प्रेश युनियनकी पुर्व केन्द्रीय सदस्य तथा विराटनगर ८ कि सदस्य भारती उपाध्यायको पिता माताको नाममा स्थापना गरिएको सम्मान स्थानीय सुशिक्षा सभा हलमा कार्यक्रम आयोजना गरेर केन्द्रले समाज सेवामा उल्लेखीय योगदान गरेको मुल्याङकन गर्दै मन्दडा र गोयललाई सम्मान गरेको हो । मुन्दडा र योगलले समाजमा मुल्यमङन गरेभन्दा धेरै समाजसेवा गरेको बताईन्छ । उहाँहरुले विपन्न समुदायलाई लक्षीत गरेर , छात्रबृत्ती , न्यानोलुगा वितरण, छात्रबासकालागी जमिन दान, समशानघाट निर्माण, विद्यार्थीहरुलाई खानेकुरा वितरण , विभिन्न पुरस्कारहरु स्थापना लगायतका धेरैभन्दा धेरै काम गर्नु भएको छ ।
कार्यक्रममा सीता पोखरेल, पत्रकार धिरज दाहाल लाई जनतालाई सुसुचित गर्न भुमिका खलेको भन्दै सम्मान गरिएको थियोे । त्यस्तै बिमला भट्टराई ( शिक्षा , संगिता उप्रेती ( स्वास्थ्य क्षेत्रबाट सम्मानित भएको संस्थापक अध्यक्ष भारती उपाध्यायले जानकारी दिनुभयो ।
त्यसैगरी केन्द्रले आदर्श बिधालयमा अध्ययनरत छात्रा उर्मिला चौहान र पशुपति बिद्या मंन्दिरमा अध्ययनरत छात्रा महिमा मंडललाई क्रमशः ७ हजार र ५ हजारको छात्रवृत्ति प्रदान गरिएको थियोे ।

उम्बे मुरारी सेवा केन्द्रले समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । शिक्षा, स्वास्थ र जिविकोपार्जनका क्षेत्रमा केन्द्रले बिशेष कार्यक्रम संचालन गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!