खबर ठुलो छ

हिपमत डटकम

आइतबार, आश्विन ३१, २०७८

लहान । विभिन्न थारु फिल्म र मैथली एल्वमहरुमा मुख्य पात्रको रुपमा अभिनय गरेर चर्चामा आएका स्थानीय सुपरहिट एकजना कलाकार अहिले जीवन मृत्यु संग संघर्ष गरिरहेका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका -९ लक्षणपट्टी बस्ने अन्दाजी बर्ष ३२ को नवीन चैधरी कलिलो उमेरमै हाल जीवन मृत्यु संग लडिरहेको छ । करिब डेढ बर्ष देखी उनी बिरामी भएका छन् ।धरान , बिराटनगरको विभिन्न अस्पताल हुँदै चौधरीलाई थप उपचारको लागि हाल काठमाडौ लगिएको छ ।

कहिले डेङ्गु , कहिले क्यान्सर, किड्नीको समस्या, सुगर लगायतका बिभिन्न रोगबाट ग्रसित चौधरीको अहिले कान समेत सुन्न नस्क्ने अबस्था रहेको पारिवारिक श्रोतबाट बुझिएको छ ।बर्षौ देखि कहिले आइसीयु, कहिले भेन्टिलेटरमा राख्नु पर्ने भएकोले छोराको उपचारमा अहिले सम्म ४५ लाख खर्च भैसकेको चौधरी कि आमा बिशवरी कुमारी चौधरीले बताईन् ।कालाकार चौधरीले दर्जनौ थारु फिल्म र मैथली एल्वमहरुमा अभिनय गरिसकेका छन् ।

२०६४ देखि समाद एफ एम लहानबाट आफ्नो क्यारियरको सुरुवात गरेको उनको `सैया भ्याल जमैया , दिलके टुक्रा , नथिया टुटल सैया खटिया पर , स्पृङ्ग सेट छौ, लगायतका गित र फिल्महरुमा मुख्य पात्र ( नायक) को रुपमा अभिनय गरिसकेका छन् ।
छोरोको उपचार गर्दा गर्दौ परिवारिक अवस्था अती दयनीय भऐकोले , सम्पुर्ण कलाकारहरु, बुद्धिजीवी , समाजिक अभियन्ता, समाजसेवी , संघ संस्था , देश , विदेशका प्रवासी कमदारहरु लगायतलाई कलाकार नवीन चौधरी बचाउ अभियानमा हातेमालो गरी सहयोग गरिदिन हुन परिवारले अनुरोध गरेका छन् ।

आमा बिशवरी कुमारी चौधरीको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाको खाता न:-२१८०१०००३२५३७०१० मा आर्थिक सहयोग गरीदिनहुन चौधरीको परिवारले आग्रह गरेको छ ।सहयोग गर्ने मनहरुले पैसा जम्मा गरेको भौचर `कलाकार नबिन चौधरी बचाउ अभियान´ फेसबुक लाईक पेजको कमेन्ट बक्समा पठाई दिनहुन अनुरोध गरेका छन् ।

थप जानकारीको लागि चौधरीकी आमा बिशवरी कुमारी चौधरीको मोवाईल नम्बर:- ९८११७४१३१४ , श्रीमतिको मोवाईल नम्बर – ९८१४७२२१७७ र कलाकार नबिन चौधरी बचाउ अभियान सम्पर्क नम्बर :-९८६०३५५३३५ मा जानकारी लिन सक्ने छ ।
बुवा आमाको तीन सन्तान मध्ये जेठो सन्तानको रुपमा रहेको कलाकार चौधरीको एउटा छोरी छन् ।

प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया