रबिन्द्र बराल

आइतबार, आश्विन ३१, २०७८ || 656  पटक पढिएको

रंगेली। आठ बर्षमा १५ लाख ब्यज मागे पछि रंगेली मा एक परिवार काे १५ घुर जग्गा समेत गुम्ने अवस्थामा पुगेको छ । रंगली नगरपालीक ६ स्थित थानाटाे नजिकै बसोबास गर्दै आएका भिरीदेवी पासवान काे १५ घुर जग्गा सानाे झुपडीमा बस्दै आईरहेता पनि साे जग्गा बाट समेत बारम्बार हटन दवाव दिदै आएपछि उनकाे परिवार बिचल्ली हुने अवस्थामा पुगेका छन् ।

२०७० सालमा उनका श्रीमान् सदानन्द पासवानले सुनवर्सि नगरपालिका घर भएका हाल धनापलथान गाउँपालिका कर्सिया बजारमा व्यवसाय गर्दे बस्ने मन्ताेष कुमार साहा लाई १५ घुर जग्गा घिताे पास गरेर छाेरा काे बिवहा का लागि तीन लाख रुपैयाँ ऋिण लिएका थिए । श्रीमान रहदा ३ लाख रुपैयाँ रकम समेत तिरेकाे भएता पनि जग्गा भने फिर्ता नगरेको उनको श्रीमती भिरी देवी ले बताईन ।

श्रिमान काे मृत्युु पछि अहिले सानाे झुपडीमा उनको छाेरा श्रीलाल पासवान,बुहारी मुनिसा , र २ नाति, १ नातिनी उक्त घरमा वसाेवास गर्दे आईरहेका छन । उनको परिवारमा एक जनाकाे कमाईले ६ जना काे परिवार पालनपोषण गर्ने समेत हम्मेहम्मे परेको भिरीदेवी ले बताईन । अहिले आफू बासाेवास गर्दे आईरहेकाे जग्गा मन्ताेष ले ६ लाख रुपैयाँ मा पुनः अर्को व्यक्ति लाई साे जग्गा पास गरेकाे बुझिएकाे छ । साेही व्यक्ति ले आफुलाई घर हटाउन दवास समेत दिदै आईरहेकाे उनलेे बताईन ।

गरिवपरिवार काे लागि नगरपालिकाले दुई काेठा काे पक्कि घर समेत बनाई दिने भनिएता पनि आफ्नो जग्गा समेत अर्को काे नाम रहेकाे हुनाले घर समेत बनाउन नसकेको र अहिले घरकाे छानाे समेत प्वाल परेर बर्षायामा बस्न समेत अप्ठ्यारो परेकाे उनलेे बताईन । अहिले मन्ताेष साह ले ८ बर्ष काे व्याज सहित १५ लाख रुपैयाँ दिनुपर्ने नत्र घर हटाउन दवाव समेत दिदै आएकाे र मन्ताेष ले आफुलाई पढन लेख्न समेत नआउने भएको ले उनिहरुले बिभिन्न कागजमा सहिछाप समेत लगाउन लगाएकाे पिडित भिरी देविले बताईन ।

मन्ताेष साह लाई टेलिफोन सम्पर्क गर्दा उनलेे भने आफुलाई साे बिषयमा कुनै कुरा थाहा नभएको भन्दै पन्छिन खाेजेका छन् । पिडितकाे बिषयमा बारम्बार नगरपालिका मा रहेकाे न्यापालीकामा छलफल का लागि मन्ताेष लाई वारम्बार बाेलाउदा समेत नआउने र कुनै कुरा गर्दा झर्किने गरेको पिडितका आफ्न्त निरज पासवानले हिपमत डटकमलाई बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!