हिपमत डटकम

बुधबार, आश्विन २७, २०७८ || 582  पटक पढिएको

रुपन्देही, बुटवल उपमहानगरपालिका-१० अभियानपथस्थित बाटोको साईडमा हाल नाम, थर, वतन नखुलेका ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-७ सोमबारे बस्ने ४५ वर्षीया सुजता मगर बिष्ट आफ्नै घरको कोठाभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी तनहुँ, भिमाद नगरपालिका-२ थुम्सी बस्ने २८ वर्षीय लक्ष्मण नेपाली सोही नगरपालिका-२ मुडुले चौतारास्थित बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-१ अबिधारा बस्ने ६० वर्षीय फर्सराम पुन आफ्नै घर नजिकै सडक छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी सुर्खेत, भेरीगंगा नगरपालिका-२ खोचे खोलास्थित भेरी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!