२५ औं वर्षमा पुगेको अवसरमा विराटनगरस्थित ग्रेडेड बोर्डिङ्ग स्कूले विविद्य कार्यक्रम गरि रजत महोत्सव। मनाएको छ । विराटनगरस्थित वीरेन्द्र सभा गृहमा भव्य कार्यक्रम गरि स्कूलले शनिबार रजत महोत्सव मनाएको हो

कार्यक्रममा बोल्दै शिक्षा इकाइ मोरङका प्रमुख दिर्घधोज चपगाईले गुणस्तरीय शिक्षा प्रदान गरि अभिभावकको मन जित्नुपर्ने बताए । निजी विद्यालयहरूले अहिले अनिवार्य १० प्रतिशत छात्रवृतिमा विद्यार्थीहरू अध्यापन गराउनुपर्ने नियामवली बनेकोले जानकारी दिदै उनले यसको पूर्ण रूपमा पालना गरि अगाडी बढनुपर्ने उनले बताए । कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय सचिब राजेशकुमार दास, वरिष्ठ अध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, उपाध्यक्ष सीतला सुब्बालगायतले प्रविधिको प्रयोग गरि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिए । उनीहरूले शिपसहितको जीवन उपमुखी शिक्षा प्रदान गरिनुपर्ने बताए ।

कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययरत विद्यार्थीहरूले विज्ञान प्रर्दशनीमा विभिन्न सामाग्रीहरू पनि राखेका थिए । उनीहरूले एक दर्जन स्टल प्रर्दशनीमा राखेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । यस्तै र्नसरीदेखि दश कक्षासम्म अध्ययरत विद्यार्थीहरूले नृत्य, गायन, साँस्कृतिक झल्किने फेशन शो देखाएर सहभागिहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया