हिपमत डटकम

बुधबार, आश्विन २७, २०७८ || 474  पटक पढिएको

काठमाडौं । गायिका निरु घिमिरेको सुमधुर स्वर रहेको नयाँ गीत ‘माया मेरी’ सार्वजनिक भएको छ । लोकशैलीमा तयार गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो ।

 

गीतमा गायिका घिमिरेलाई गायक प्रमोद खरेलले स्वरमा साथ दिएका छन् ।मुनाल शिशिर कोइरालाको प्रेमकथाले भरिएको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतको संगीत संयोजन पुरुषोतम सुवेदीले गरेका हुन् ।

गीतको भिडियोमा दुई जोडी कलाकारको प्रेमकथा समेटिएको छ । जसमा सुधिर श्रेष्ठ, उषा उप्रेती, कमल सिंह र जुना कार्कीको रोमान्स देख्न सकिन्छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो विकल्प क्रियशनले निर्माण गरेका हो ।

उत्सव दाहालको छायाँकन र सिलन लम्सालको सम्पादन रहेको भिडियो पछिल्लो समयका चर्चित तथा ब्यस्त निर्देशक मुनाल शिशिर कोइरालाले भिडियो निर्देशन गरेका हुन् । गीत तथा भिडियोले दर्शक तथा श्रोताको मन जित्ने बिश्वास रहेको गायिका घिमिरेले बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!