जनकपुरधाम । कामख्या परिवारको प्रङणमा राष्टको चेतनागत रुपान्तरण संग सर्वाङ्गगीण भौतिक समुन्नय प्रति प्रतिबद्ध केहि व्यक्ति हरुलाइ भव्य सभ्य समारोह बीच सम्मानित गरेको छ।
मंगलबार शस्त्र प्रहरी गणका प्रदेश नम्बर २ का डि आइ जी गणेश ठाडा मगर र जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ लगायत का व्यक्तिहरु लाई कामख्या परिवार नेपालले अभिनन्दन गर्न पाउदा गौरवको अनुभूति गरेको अध्यक्ष बाबा विभास लाभले बताए ।
सम्मान समाहरोमा प्रफेसर मनोज मिश्रले दया,करुणा ,क्षमा, शान्ति ,प्रेम र सदभाव जस्ता सकारात्मक भाव नै हाम्रो चेतनामा अवस्थित वगवती रहेको बताए ।
डिआइजी मगरले मन्तव्य राखदै यस क्षेत्रमा विकासका लागि उद्योग वाणिज्य संघ शीत सहकार्य गर्न आफू सधै त्यार रहको बताए । वाणिज्य संघका अध्यक्ष महासेठ ले भने जीवन समाज सेवाको लागि समर्पित रहेको हुदा आफ्नो कार्यकालमा जनकपुरधामको शैक्षिक , सामाजिक ,भैतिक र स्वास्थ्य आदि सबै क्षेत्रको विकासमा सक्त योगदान दिने प्रतिबद्धता व्यक्त गरे।