दशैं बिदाको बेला पर्यटकीय गाउँ घान्द्रुक घुम्न आएका काठमाण्डौका सात जना युवाको आज दुर्घटनामा परेर निधन भएको छ। पोखरास्थित हरिचोकबाट घान्द्रुकका लागि छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अन्नपुर्ण गा.पा.१० घान्द्रुकको हुदु कलाभीरमा दुर्घटनाग्रस्त हुँदा घान्द्रुक घुम्न आएका युवाहरुको निधन भएको हो।

निधन हुनेहरुमा दुर्घटनाग्रस्त जीपका चालक कास्की अन्नपुर्ण गाउपालिका ५ नयाँपुल बस्ने वर्ष ४२ को खुसीमान क्षेत्री, काठमाण्डौ महानगरपालिका वडा नम्बर ३ गोंगबु बस्ने वर्ष १८ को जिनलव घिसिङ, सोही ठाउँका वर्ष २४ की सुजा चौधरी वर्ष २० की लिजा चौधरी , वर्ष २० को सुमन चौधरी, वर्ष २२ को अछुतम काफ्ले, वर्ष १८ को आ’शिष आले र गोरखा घर भई हाल गोंगबुमा नै बस्दै आएका वर्ष २७ को विनय क्षेत्री रहेका छन्।

सोही गाडीमा यात्रारत भ्रमणटोलीका सदस्य वर्ष २० की देबिका घिसिङलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। उनलाई भिरमा अड्किएको अवस्थाबाट प्रहरी र स्थानियले सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले जानकारी दिए। उनको बाँया हात र नाकमा सामान्य चोट रहेपनि अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीका अनुसार, घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल मोदी खोलामा पुगेको प्रत्यक्ष दर्शीले बताएका छन् । कलाभीरमा निकै अप्ठेरो बाटो छ ।

घटनास्थल पुगेको प्रहरीले लाशको मुचुल्का उठाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा पठाएको छ ।

उक्त बोलेरो जीप आफै अनियन्त्रित भई पोखरा घान्द्रुक कच्ची सडक खण्डको कलडाँडा भिरको घुम्ती सडकबाट अन्दाजी दुईसय मिटर तल सडकमा खसेको प्रहरीले जानकारी दिएको छ।

घटनाको जानकारी पाउनासाथ कास्कीका प्रमुख जिल्ला अधिकारी र कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापा घटनास्थलमा पुगेर उद्धार कार्यमा सहभागी भएको प्राप्त समाचारमा जनाइएको छ।

https://www.youtube.com/watch?v=Ow-fLJJpcNs

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!