शनिबार, फाल्गुण ०३, २०७६ || 940  पटक पढिएको

अम्बे मुरारी सेवा केन्द्रले आफ्नो ११ औ बार्षिक उत्सवकाे अवसर पारेर पत्रकार धिरज दाहाललाई सम्मान गरेको छ ।बिराटनगर -८ स्थित सुशिक्षा सभा हलमा अायाेजित कार्यक्रममा केन्द्रले पत्रकारिता मार्फत समाजमा जनजागरण, मानवीय मूल्य मान्यता एवं सामाजिक न्यायका पक्षमा याेगदान पुर्याए वापत दाहाललाई सम्मान गरेको हो।

कार्यक्रममा सीता पाेखरेल, दिनबन्धु गाेयल, बेनि गाेपाल मुण्दडालाई समासेवा तर्फ सम्मान गरिएको थियोे । त्यस्तै बिमला भट्टराई – शिक्षा , संगिता उप्रेती – स्वास्थ्य क्षेत्रबाट सम्मानित भएका छन् ।

त्यसैगरी केन्द्रले आदर्श बिधालयमा अध्ययनरत छात्रा उर्मिला चाैहान र पशुपति बिद्या मंन्दिरमा अध्ययनरत छात्रा महिमा मंडललाई क्रमशः ७ हजार र ५ हजारकाे छात्रवृत्ति प्रदान गरिएको थियोे ।

उम्बे मुरारी सेवा केन्द्रले समाजका विभिन्न क्षेत्रमा काम गर्दै अाएकाे छ । शिक्षा, स्वास्थ र जिविकाेपार्जनका क्षेत्रमा केन्द्रले बिशेष कार्यक्रम संचालन गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!