शनिबार, फाल्गुण ०३, २०७६ || 624  पटक पढिएको

चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ । आज उडेको विमान आइतबार बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ ।

हिजो शुक्रबार क्वारेन्टाइनमा राख्न तयार गर्नुअघि सरकारले रिहर्सल गरेको थियो । रिहर्सलपछि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो ।

भक्तपुर खरीपाटीस्थित तालिम केन्द्रमा तयार पारिएका चार वटा ब्लकमा पुरुष र महिलालाई छुट्टाछुट्टै राखिनेछ । वुहानबाट आउन तयार रहेका १८५ नेपालीमध्ये ४४ महिला छन् ।

त्यहाँ खटिने स्वास्थ्यकर्मीको टोलीलाई एउटा ब्लक छुट्याइएको छ भने नेपालीलाई लिन जाने विमानका चालक टोलीलाई नगरकोटको खानेपानी कार्यालयमा राखिने योजना छ ।a

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!