मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंकमा लुटपाट भएको छ ।
स्थानीयका अनुसार पाँचजनाको समूहमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गाडीमाथि तीन गोली चलाएर बैंकमा लुटपाट गरेको हो।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले एकजनालाई गोली लागेको पुष्टि गर्दै अनुसन्धान थालिएको बताउनुभयो । स्थानीयले भने पाँचजनाको समूहमा आएका लुटेराहरुमध्ये दुईजना तल र दुईजना माथि बसेर काउन्टरसम्म पुगेको बताएका छन् ।
यद्यपी घटनाको बारेमा थप जानकारी भने आउन बाँकी नै रहेको छ ।