हिपमत डटकम

सोमबार, आश्विन २५, २०७८ || 822  पटक पढिएको

ब्राजिलका फूटबल खेलाडी नेयमारले अर्को वर्ष कतारमा हुने विश्वकप आफ्नो अन्तिम हुन सक्ने बताएका छन् ।

विगत ११ वर्षमा ब्राजिलका लागि १०० भन्दा बढी खेल खेलेका नेयमार पेलेपछिका सर्वाधिक गोलकर्ता ब्राजिली खेलडाी हुन् ।

‘मेरो अन्तिम विश्वकप यही भएको मलाई लाग्छ,’ नेयमारले आफूमाथि बनेको नयाँ वृत्तचित्रमा बताए । ‘त्यसपछि पनि फूटबल खेलिरहने मानसिक शक्ति मसँग हुनेछ कि छैन भन्ने कुरा मलाई थाहा छैन ।’

‘त्यसैले आगामी विश्वकपमा राम्रो प्रदर्शनका लागि म जे गर्न पनि तयार छु । देशलाई जीत दिलाउन म सबैथोक गर्नेछु । मैले सानो हुँदादेखि देखेको सपना साकार पार्न लागिपर्नेछु । म यसमा सफल हुन्छु भन्ने आशा छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!