कलाकारिता संगै समाजसेवामा दिनरात खटिरहेका धुर्मुस सुन्तलिको निर्माण तथा अभिनयमा तयार भएको फिल्म “सेन्टिभाईरस” सिनेमा घरमा प्रदर्शनको तयारीमा छ । यहि फागुन ९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने फिल्ममा ईटहरीबाट नेपालकै प्रतिनिधित्व गर्दै ईन्डियाको प्रतिष्ठित टेलिभिजन शो “सारेगमप लिटिल च्याम्प”मा पुगेर लोकप्रिय बनेका प्रीतम आचार्यले पनि अभिनय गरेका छन् । हेर्नुस् प्रीतम आचार्यसंग गरिएको

सार्बजनिक अन्तरबार्तामा उनले आफुले सो फिल्ममा अभिनय गरेको बताए संगै सानो धुर्मुसको भुमिकामा देखिने समेत खुलाए । ईटहरीमा जन्मिएर ईटहरीकै विश्व आदर्श स्कुलमा अध्ययन गरिरहेका आचार्यले सारेगमप लिटिल च्याम्पको तेस्रो स्थान हासिल गरेका थिए ।

सेन्टीभाईरसको हालसम्म एक गीत “फनफन्नी” र ट्रेलर सार्बजनिक भैसकेको छ । यता फिल्मको अर्को गीत “आफ्नो पार्टी जिताईदे” भोलि अर्थात फागुन ४ गते सार्बजनिक हुदैछ । ट्रेलर र गीतले युट्युबमा राम्रै प्रतिक्रिया संगै भ्युज पनि बटुलिरहेको छ । यता गायकको रुपमा लोकप्रियता हासिल गरेका प्रीतमले कस्तो अभिनय गर्ला भन्ने कौतुहलता जागेको छ । यसमाथी पनि उनी सानो धुर्मुसको अवतारमा देखिने खबरले उनको गेटअप पनि कस्तो होला भन्ने जिज्ञासा बढेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!