सर्लाही ।  डेढ बर्ष पछि सिमनाका खुलेपछि उद्योग बाणिज्य संघ सर्लाही मलंगवा द्वारा भारतीय जीप र पर्यटक लाई स्वागत गरिएको छ ।

शनिबार बिहान देखि भारतीय पक्षले बोर्डर तर्फको ढाट(बैरेक) हटाए पछि सर्वसाधारण यात्रुहरुहरु गाडीले सहजै आवतजावत गर्न सुचारू भएको नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिएका छन् ।

कोरोना महामारीले बन्द गरिएको सिमानाका बन्द हुदा सिमापारी जानका लागि सास्ती भोग्नु परेको थियो ।

नेपाल सरकारले एक साताअघि खुल्ला गरेको भए पनि भारतीय तर्फबाट बाट रोक कायमै थियो । सिमानाका बन्दले संस्कृति, बेटी रोटीको सम्बन्धमा समेत प्रभाव परेको थियो ।

उद्योग बाणिज्य संघ सर्लाही मलंगवाका अध्यक्ष बिरेन्द्र प्रसाद साहको नेतृत्वमा भारतीय अतिथिलाई स्वागत गर्दै सिमानाका पुर्ण रुपमा सुचारू भएपछि नेपाल सरकार र भारत सरकार बधाई तथा धनबाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!