हिपमत डटकम

शुक्रबार, आश्विन २२, २०७८ || 418  पटक पढिएको

झापा जिल्लाको दमक नगरपालिका-१ बस्ने ३५ वर्षीय जितेन राईको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४६ वर्षीय पुष्पराज लिम्वु लगायत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

 

त्यसैगरी भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका-४ खोरिया गाउँ बस्ने २१ वर्षीय ईश्वर तामाङको पुल हाउसमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत १६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त पुल हाउसमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४१ हजार ३ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!