काठमाडौं : राम्रो इन्टरटेनमेन्टको ब्यानरमानिर्माण गरिएको आधुनिकगीत‘तिमीबिना मुटु दुख्छ’बोलको म्युजिक भिडियो सार्वजनिकगरिएको छ । काठमाडौं नक्सालस्थितलिसरा रिसेप्सनमाआयोजित एक कार्यक्रमकाबीचउक्तगीतको भिडियो सार्वजनिकगरिएको हो ।
गीतलाई संचारकर्मी तथानिर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका छन् भने राजेश कुमार शाहले निर्माण गरेकाहुन् । निर्देशकज्ञवालीले यसअघि एक दर्जनको हाराहारी सर्टफिल्मतथा केहि म्युजिक भिडियो निर्देशनगरिसकेका छन् ।
सार्वजनिकउक्तगीतको भिडियो निकै सरल तर कथावस्तु हेर्नलायक छ । सडकमा मजदुरी गर्ने एक जोडीको प्रेमलाई सामान्य रुपमा भिडियोमा देखाउने प्रयास गरिएको छ ।
रचना रिमाल र शंकरलालश्रेष्ठको स्वर रहेको गीतलाई युरेश सिग्देलले लेखेकाहुन् । भिडियोमाचर्चित मोडल स्मृतीश्रेष्ठ र युरेश सिग्देलको अभिनयरहेको छ । इश्वर सिकमनाले खिचेको भिडियोलाई चर्चित फिल्म सम्पादकमित्र डि गुरुङले सम्पादन गरेकाहुन् ।